पोखरा,३१ बैशाख – पोखरा व्यवसायीक महिला क्लब पोखराले पृथ्वीनारायण क्याम्पसमा रहेको राष्ट्रिय अडियो पुस्तकालयलाई अडियो पुस्तक उत्पादन गर्न आवश्यक विभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबले पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी, लाइव्रेरी प्रमुख किसोर सुवेदी, र पृथ्वी नारायण क्याम्पस सैक्षिक योजना तथा व्यवस्थापन विभागका सदस्य श्रृकान्त सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । पुस्ताकालयलाई एक थान कम्प्युटर, एक थान डिजिटल अडियो मिक्सचर, दुई थान यु.पि.एस., चर थान बेट्रि एक थान एक्सर्टनल हार्ड डिक्स, एक थान माइक्रो फोन, एक थान मोनिटर स्पीकर, दुई थान टेवल फेन, कार्ड रिडर, मेमोरी कार्ड, पेन ड्राइभ लगायतका सामाग्री हस्तान्तरण गरेको हो । साथै कास्की नेत्रहिन संघलाई पन्ध्र रिम ब्रेल कपि र पाँच थान पेन ड्राइभ समेत प्रदान गरिएको छ । क्लबले आयोजना गरेको बुटिक तथा सिलाई तालिमका उत्कृष्ट सहभागी सुजा पुनले एक लाख छब्बीस हजारको चेक सिडमनीको रुपमा प्रदान गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष धनेश्वरी पराजुलीको अध्यक्षतामा भएको सामाग्री बितरण तथा चेक हस्तान्तरण कार्यक्रमा क्लबका मानार्थ सदस्य लक्ष्मी गुरुङ्ग, पृथ्वीनारायण क्याम्पसका पुस्तकालय प्रमुख किसोर सुवेदी, अडियो पुस्तकालयका प्रयोगकर्ता फडिन्द्र वाग्ले, अडियो पुस्तकालयका संपादक राजेन्द्र सुवेदी, पृथ्वीनारायण क्याम्पसका शिक्षक श्रिकान्त सापकोटा, साहयक क्याम्पस प्रमुख नन्दलाल अधिकारी, कास्की नेत्रहीनका संघका अध्यक्ष लक्ष्मण सुवेदी बि.पि.डव्लु. इन्ट्रनेस्नलका प्रथम उपाध्यक्ष सुसन जोन्स, लगाएतका वक्ता हरुले मन्तव्य राखेका थिए । २०५९ सालमा दृष्टीविहिनहरुको लागी स्थापीत ब्रेल पुस्तकालय २०६४ सालमा राष्ट्रिय अडियो पुस्तकालयका रुपमा रुपान्तरण भएको भएता पनि प्राथमिकताको अभावमा बेलाबेलामा समस्या ग्रस्त बन्ने गरेको छ । सरोकारवालाहरुलाई जिम्मेवार बनाउन र तत्कालको समस्या समाधानका लागी सहयोग प्रदान गरिएको पोखरा व्यवसायीक महिला क्लबका मानार्थ सदस्य लक्ष्मी गुरुङ्गले बताइन ।





