बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘देशको समृद्धि कम्युनिस्ट पार्टीले गर्छ’

‘देशको समृद्धि कम्युनिस्ट पार्टीले गर्छ’


  • Dhorpatan News
  • जेष्ठ ४ २०७६, शनिबार

पोखरा,४ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजबाद स्थापना गर्ने क्रान्तिको नेतृत्व गर्ने सामर्थ नेकपासँग मात्र भएको बताए ।
२६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकिकरणको एक वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी कास्कीले आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रिततको योगदान विषयक प्रवचन गोष्ठीमा मुख्यमन्त्री गुरुङले विपन्न र पछाडी परेको समुदायलाई मुल धारमा ल्याउन सामाजिक न्याय सहितको लोकतन्त्रको वकालत गर्ने नेकपाले मात्र नेपाललाई समुन्नत बनाउन सक्ने बताए । ‘आर्थिक समृद्धिको लागि वहुसंख्यक जनताको जिवनस्तरमा सुधार सुधार ल्याउन आवश्यक छ,त्यो काम नेकपाले गर्छ’, उनले भने ।

नेकपाका गण्डकी प्रदेश संगठन कमिटीका इञ्चार्ज समेत रहेका गुरुङले कम्युनिस्ट पार्टीको सरकारले भौतिकवादलाई बुझेर नयाँ लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए । आर्थिक उदारवादमा नगएर नेपालको परिवेश र विशेषतालाई अधार मानेर जनताको जनवादी व्यवस्थालाई अंगाल्ने बताए । अवको लक्ष्य समाजवाद स्थापना गर्ने उल्लेख गर्दै उनले नेकपाको नेतृत्वमा समाजवाद उन्मुख जनताको जनवादी व्यवस्थाबाट मात्र सुधार सम्भव हुने बताए ।
उनले पार्टीको कार्य नीति, रणनीति र संघर्षको बारेमा एउटै धारणा बनाउनेमा ध्यान दिनुपर्ने बताए । उनले वैचारिक एकतालाई सुदृढ बनाउने पर्ने धारणा राखे । कम्युनिस्ट दर्शनमा पहिलो योगदान मदन भण्डारीको भएको दावी गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद चुडामणि जंगली ,नेकपाका नेता रामराज रेग्मी लगायतले मदन आश्रीतको योगदानको चर्चागर्दै उनीहरूले निर्देश गरेको बाटोमा समय र परिस्थिति अनुसार सुधार हुदै अधि बढ्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिह गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->