कुश्मा, ७ जेठ – सामाजिक सञ्जाल मार्फत महिलामाथि दुब्र्यवहार गर्ने एक युवालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । मोदी गाँउपालिका–६ तिलाहार घर भई डिमुवामा वस्दै आएका सुरेन्द्र नेपालीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसवुकमा अश्लिल म्यासेज पठाएर आफुमाथि दुब्र्यवहार भएको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालयमा नेपाली विरुद्ध उजुरी दिएकी थिईन । ती महिलाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
पक्राउ गरिएका नेपालीलाई विधुतिय ऐन अन्तरगत कारवाहीका लागि प्रहरी अपराध महासंघ टेकु काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । ‘महिलाको उजुरीको आधारमा प्रक्राउ गर्यौ, जिल्ला प्रहरी प्रमुख अर्यालले भने, विधुतिय कारोरवार ऐन अन्तरगत थप अनुसन्धान गर्नुपर्ने भएकाले मंगलवार काठमाडौं पठाएका छौ ।’





