बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाँदर नियन्त्रण गर्न १० लाख दिने सांसद पहारीको घोषणा

बाँदर नियन्त्रण गर्न १० लाख दिने सांसद पहारीको घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ-  गण्डकी प्रददेसभा सांसद राजिव पहारीले अन्न्पूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागी १० लाख दिने घोषणा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा किसानहरुले वाँदरबाट आजित भएको गुनासो गरेका थिए । ‘यो क्षेत्र कृषिका निम्ती सम्भावना बोकेको क्षेत्र हो , कृषकहरुका समस्यालाई समधानका लागी सदैव तयार छु , बाँदर नियन्त्रण यहाँको समस्या हो यसका लागी सांसद विकास कोषबाट १० लाख छुट्याउने छु’,उनले भने ।सांसद पहारीले शिक्षालाई श्रम र कृषिसंग जोडेर लैजानु पर्ने बताए । उनले जनताको सेवाका लागी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।‘हामी जनताका सेवा हौं सेवा गर्न आएका हौं , जनताले पनि साथ दिनुपर्दछ’सांसद पहारीले भने । उनले कास्की क्षेत्र नं ३ का सबै वडाहरुमा यस किसिमको कार्यक्रम संचालन गर्नका इन्सेकलाई आग्रह गरे । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दिपकजंग ध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे ।कृषि ज्ञान केन्द्र इकाइ प्रमुख काली प्रसाद अधिकारीले कृषि क्षेत्रमा थुप्रै कार्यक्रम भएतापनि जनताले थाहा अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले निति तथा कार्यकक्रमाको बारेमा प्रकाश पारेका थिए । उनले विषयगत समितिमा प्रतिवेदन आउने काम भैरहेको बताए ।
‘निति तथा कार्यक्रममा जनताको स साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य प्रमुख निरिक्षक टिकाराम भण्डारी ४ वटा गाउँपालिका १ महानगरमा स्वास्थय क्षेत्रमा प्राविधिक सहयोग गर्न सकिने बताए ।अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विधालयमा राजनिति गर्नेहरुलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख क्रषिराम पौडेलले गाउँपालिकामा हुनसक्ने महामारीका लागी १५ लाख रुपैया छुट्याइएको बताए ।उनले पानी उमालेर मात्रै पिउन सके ८० प्रतिशत रोगबाट बच्न सकिने भन्दै सबैलाई पानि उमालेर मात्रै पिउन आग्रह गरे ।
गाउँपालिकामा कोलिर्फम भेटिएपछि त्यसलाई रोक्न आगामी जेठ १३ गते देखि मुहान चाँज गर्ने योजना रहेको उनले सुनाए ।
‘किशोरीहरुका लागी सेनेटरी प्याड बितरण भैरहेको छ , उत्कृष्ठ स्वास्थ्य बच्चालाई पुरस्कृत गरिरहेका छौं’,उनले भने,‘सेनेटरी प्याड वितरण गर्दा कसरी डिस्पोज गर्ने भनेर पनि सिकाएका छौं’ ।कृषि इकाइ प्रमुख सशि कुमार सिहंले गाउँपालिकाले वास्तविक कृषकहरुको तथ्यांक संकलन गरेको बताए । तथ्यांकका आधारमा कृषकहरुलाई सेवा प्रदान गरिने उनको भनाई थियो । उनले गाउँपालिकाले विउमा आत्मनिर्भर,प्राङ्गारिक खेती कार्यक्रम संचालन गरिरहेको बताए । वडा नं १ अध्यक्ष भरत जंग कुवँरले जनताहरु पनि सचेत हुन आवश्यक रहेको बताए ।
उनले वडा नं १ , २ ,३ मा मानवअधिकार निगरानी समुह गठन समेत गरिएको जानकारी दिए । यस्तै वडा नं २ अध्यक्ष चुडामणी अधिकारी स्थानियहरुले जनप्रतिनिधिहरुलाई सल्लाह दिदैं सचेत बनाउनु पर्ने बताए । ‘सार्वजनिक सुनुवाईले निति बनाउने क्रममा सचेत बनाउने छ’ उनले भने । मानव अधिकार निगरानी समुह ढिकुरपोखरी संयोजक चतुरमान विक सरकारी विधालयका शिक्षकहरुले आफ्ना वालबच्चालाई सामुदायिक विधालयमा पढाउनु माग गरे । उनले गाउँपालिकामा प्राविधिक शिक्षाको खाँचो औल्याए । विकले विधालयमा राजनिति निषेध गर्नका लागी आवश्यक कदम चाल्नुपर्ने बताए ।
स्थानिय दुर्गादत्त दाहालले विधालयमा विधार्थीहरुको संख्या न्युन रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘भौतिक पूर्वाधार सम्पन्न छ तर विधार्थी छैनन् , अब बाबु आमा नभएका बच्चाहरुलाई पनि विधालय सम्म पुग्ने व्यबस्था गराऔं’उनले भने । कार्यक्रममा स्थानियहरुले बाँदर नियन्त्रण , वद्धवृदाहरुलाई कार्डको व्यबस्था गरिदिन गाउँपालिकालाई आग्रह गरेका थिए । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->