बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा लागू औषध सहित ७ जना समातिए

पोखरामा लागू औषध सहित ७ जना समातिए


  • Dhorpatan News
  • जेष्ठ १० २०७६, शुक्रबार

पोखरा,१० जेठ -पोखराबाट लागू औषधको कारोबारमा सलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ठूलो मात्रामा लागू औषध सहित पक्राउ परेका ७ जनालाई विहिवार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषध कारोबारी पक्राउ गरेको जनाएको छ । लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा ३ सय ४१ थान डाइजापाम, ३ सय ४१ थान फेनेरागन, ३ सय ४१ थान बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरि १ हजार २ सय २८ थान लागू औषध बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षिय रामबृक्ष कोहार, ४० बर्षकी तेतरी कोहार, २० बर्षकी सोनम कोहार, पोखरा १ का २६ बर्षिय अनिल गुरुङ, पोखरा २८ का २० बर्षिय शुक्रराज सुनार, पोखरा १३ का ४४ बर्षिय बिक्रम विक र पोखरा ३२ का ३४ बर्षिय अजय गुरुङ पक्राउ परेका छन् ।
पोखराका ड्रग्स डिलरहरुले ड्रग भित्र्याउनका लागि पैसा पठाएको र बोर्डर जिल्लाबाट ड्रग्स पोखरा ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । क्यारियरको प्रयोग गरेर लागू औषध भित्र्याउने गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->