बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा दुर्लभ रक्तदाता समिति

पोखरामा दुर्लभ रक्तदाता समिति


  • Dhorpatan News
  • जेष्ठ १२ २०७६, आइतबार

पोखरा,१२ जेठ – पोखरामा दुर्लभ मानिएका नेगेटिभ रक्त समूह भएका रक्तदाताहरुको भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाईटी कास्की, क्षेत्रीय रक्त संचार सेवा पोखराले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस, ज्यान जोगियोेस्, आपतबिपतमा परेकाहरुले नयाँ जीवनको अनूभुति गर्न पाउन भन्ने उदेश्य सहित शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाबाट दुर्लभ रक्तदाताहरुको सात सदस्यीय कमिटी गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कास्कीका यमुना केशी सदस्यसचिव रहेको कमिटिमा ए नेगेटिभ रक्त समूह भएकाहरुबाट सागर पौडेल, बी नेगेटिभ रक्त समूह भएकाबाट नेत्र ढकाल, ओ नेगेटिभ रक्त समूह भएकाबाट उमेश शाह, एबी नेगेटिभ समूहबाट श्रीधर आचार्यलाई चयन गरिएको छ । यस्तै दारि ग्याङबाट वीरेन्द्र पराजुली र उपशाखाहरुको तर्फबाट नेपाल रेडक्रस सोसाईटी उपशाखा ३२ का सभापति किसान परियार चयन भएका छन ।
उपसभापति डण्डराज पौडेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटी, क्षेत्रीय रक्त संचार सेवाका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->