पोखरा, १४ जेठ- कास्कीको ओखरबोटमा छिमेकीले हानेरको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका- ७ ओखरबोटका ६५ बर्षिय सन्दिप विकले स्थानीय ५२ बर्षका गोरे मानकाजी विकलाई हत्या गरेका हुन् । हत्या आरोपमा मानकाजीलाई पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । घरायसी झगडाका कारण घटना भएको हूँहुन सक्ने प्रहरीले जनाएको छ ।





