बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रथम राष्ट्रिय रोभर मुट पोखरामा, प्रधानमन्त्री ओली आउने

प्रथम राष्ट्रिय रोभर मुट पोखरामा, प्रधानमन्त्री ओली आउने


  • Dhorpatan News
  • जेष्ठ १६ २०७६, बिहिबार

पोखरा,१६ जेठ -नेपाल स्काउटले जेष्ठ १७ गतेदेखि २१ गतेसम्म पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा प्रथम राष्ट्रिय रोभर मुट आयोजना गर्न लागेको जानकारी दिएको छ । सम्मेलनको उद्घघाटन प्रधानमन्त्री केपी शर्मा ओलिले जेठ १८ गते गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनमा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्हेन्दावी लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने भएको छ ।पाँच दिने कार्यक्रममा नेपालसहित १४ मुलुकका स्काउट युवाहरु विभिन्न कार्यक्रमसहित भेला हुने भएका छन् । १६ देखि २५ वर्ष उमेर समूहका युवा स्काउट सहभागी रहने ‘रोभर मुट’ नेपाल स्काउटले पहिलो पटक आयोजना गर्न लागेको हो। ‘समृद्धिका लागि सहकार्य’ नाराका साथ जेठ १७ गतेबाट पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्यान्ड, युगान्डा, ताइवान, इजिप्ट र लग्जम्बर्गका युवा सहभागी हुनेछन्। जसमा पाँच सय विदेशीसहित पाँच हजार युवा हुनेछन् ।

‘विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवतीले एउटै नारा र एउटै उद्देश्यका साथ एकै थलोमा सांस्कृतिक आदानप्रदान, भ्रातृत्व भगिनित्व विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा युवाहरुको सक्रियता रहने विश्वास आयोजकले लिएको छ ।धेरै युवाको जमघट हुने गरी कार्यक्रम आयोजना हुन लागेको यो कार्यक्रमलाई नेपाल स्काउटले ऐतिहासिक कार्यक्रमका रुपमा लिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादु्र भण्डारीले बताए ।कार्यक्रमले युवा केन्द्रित जमघट र सिमित गतिविधीमा सहयोग पुग्ने नभई नेपाल र यसको मुख्य पर्यटकिय केन्द्र पोखराको पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी युवालाई गोष्ठीका अतिरिक्त मुलुकको पर्यटन प्रवर्द्धनका लागि रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायल वाल, आर्चरी, र्याफ्ट बोटिङ, वाटर साइक्लिङजस्ता खेलमा सहभागी गराइने भएको छ । साथै पोखरामा संचालन भईरहेका विभिन्न साहसिक पर्यटकिय गतिविधीमा पनि उनीहरु सहभागि हुने भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->