बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संसदीय शैलीमा फलेवास नगरपालिकाको चौथो नगरसभा

संसदीय शैलीमा फलेवास नगरपालिकाको चौथो नगरसभा


  • गणेश पौडेल
  • जेष्ठ १७ २०७६, शुक्रबार

पर्वत, १७ जेठ –  संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको र विभिन्न महत्वका विषयमा छलफल भएका सभाहरु हामीले देखेका छौँ । तर त्यही शैलीमा स्थानीय तहले गरेको सभा नौलो र हेर्न लायक थियो ।
मंगलबार विहान साढे १२ बजेको समयमा शुरु गर्ने भनिएको पर्वतको फलेवास नगरपालिकाको चौथो नगर सभा तोकिएको समयभन्दा केही घर्किएर शुरु भयो । सभाषद् लाइनमा बसेर उपस्थिति जनाउँदा जनाउँदै जनाउ घन्टी बज्यो । सबै सभासद र आमन्त्रित पाहुना आ–आफ्ना परिचयपत्र भिरेर भित्र पस्न के लागेका थिए फलेवास प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीहरुबाट सहभागीहरुलाई झोला र महत्वपूर्ण सामान बाहिरै राख्न अनुरोध गरियो ।
त्यसपछि सभाषद् भित्र प्रबेश गरेको केही मिनेटमा नै नगरप्रमुख पदमपाणी शर्मा सभाकक्षमा प्रबेश गरे  संगै राष्ट्रियगानको धुन बज्यो । धुन सकिएपछि नगरप्रमुखले सरासर रोष्टममा गएर नगरसभा शुरुवात भएको जानकारीसँगै कार्यक्रम तालिका अनुसार विधेयक प्रस्तुत गरे । यो दृश्य कुनेै प्रतिनिधिसभा वा संसदको होइन ।
तर, फलेवास नगरपालिकाले भने शुरुदेखि नै यसरी नै सभा गर्दै आएको छ । संबिधानले व्यवस्था गरे अनुसार नै स्थानीय सरकार पनि केन्द्रीय शैलीमा सभा गर्नुपर्छ भनेर यसरी सभा गरिएको हो नगर प्रमुख पदमपाणी शर्माले भने ।
दुईदिनसम्म जारी सभाले फलेवास नगरपालिकाको स्वास्थ्य विधेयक २०७६, सरसफाई विधेयक २०७६ र बालबालिका संरक्षण सम्बन्धि विधेयक २०७६ माथि छलफल सहित परिमार्जन गरी ऐेन बनाएको छ ।
विधेयक प्रस्तुतका क्रममा यसपटक फलेवास नगरपालिकाले उपप्रमुखलाई पनि अधिकार दिएर सभा सञ्चालन गरेको छ । अन्य स्थानीय तहमा उपप्रमुखले पाएका अधिकारहरु पनि खोसिएको गुनासो आइरहेका बेला फलेवास नगरपालिकाको नगर सभामा भने उपप्रमुख मञ्जु अधिकारीले प्रमुख कै बराबर अधिकार प्रयोग गरिन  ।
पहिलो बैठकमा प्रस्तुत भएका विभिन्न ३ विधेयक मध्ये २ वटा नगर प्रमुख शर्माले आफै प्रस्तुत गरे भने नगर प्रमुख सभाकक्षबाट बाहिरिएपछि उपप्रमुख मञ्जु अधिकारीले सोही रोष्टममा बसेर १ बिधेयक प्रस्तुत गरि बैठकको समापन गरिन । चालु आर्थिक बर्षको संशोधित बजेटका बारेमा छलफल गरि परिमार्जन गरेको नगरप्रमुख शर्माले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->