बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेरोजगार युवालाई बेमौसमी खेती तालिम

बेरोजगार युवालाई बेमौसमी खेती तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७६, शुक्रबार

पर्वत,१७ जेठ – बेरोजगार युवालाई स्वरोजार बनाउने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहमा बेमौसमी तरकारी खेती तालिम प्रदान गरिएको छ । बेमौसमी तरकारी खेती गर्दा मनग्य फाईदा हुने भएकाले युवाहरुलाई रोजगार उन्मुख बनाउन यस्तो तालिम आयोजना गरिएको हो ।
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी)को सहयोगमा ६५ दिने पहिलो तहको बेमौसमी तरकारी खेती तालिम दिइएको हो । पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको बीरेन्द्र प्राविधिक शिक्षालयले ६५ दिनसम्म विभिन्न स्थानीय तहका १ सय जना वेरोजगार युवालाई सो तालिम प्रदान गरेको व्यवस्थापक गणेश प्रसाद पौडेलले जानकारी दिए ।
जिल्लाको बिहादी गाउँपालिका, पैयू गाउँपालिका र कुस्मा नगरपालिकाका विभिन्न वडाहरुमा सो तालिम दिई युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको पौडेलले बताए । उनका अनुसार सो तालिममा तरकारी खेतीको व्यवहारिक ज्ञान, रोग कीराहरुको प्रकोप नियन्त्रण, तरकारी उत्पादनको तालिका र बजारीकरणका विषयमा तालिम दिइएको थियो ।
तालिममा सहभागीहरुले आधुनिक प्रबिधि प्रयोग गर्दै थोरै जमीनमा धेरै उत्पादन गर्ने तरिका सिकेपछी बजार मुल्य पनि राम्रो पाईने र रोजगारी पनि हुने भएकाले यसतर्फ आकर्षित भएको बताउँछन् । परम्परागत तरिकाले खेती गर्दा बजार मूल्य नपाईने र कृषकहरु समेत निराश बन्ने भएकाले बेमौसमी तरकारी खेती गर्दा बजार र मूल्य समेत राम्रो पाउन सकिने कृषक लक्ष्मी शर्माले बताइन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->