बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तेश्रो सातामा ‘जात्रै जात्रा’को शो झनै बढ्यो

तेश्रो सातामा ‘जात्रै जात्रा’को शो झनै बढ्यो


  • Dhorpatan News
  • जेष्ठ १७ २०७६, शुक्रबार

काठमाडाैं, १७ जेठ- जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले आक्रामक व्यापारको गतीलाई निरन्तरता दिइरहेको छ । दोश्रो सातामा चलिरहेको चलचित्रले हरेक दिन मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको छ । दोश्रो हप्ताको बिहिबारसम्म आइपुग्दा पनि दर्शकको चाप हलमा कम देखिएको छैन ।

यहीकारणले गर्दा नै यो चलचित्रले तेश्रो हप्तामा मल्टिप्लेक्समा पहिलो साताको तुलानामा शोज बढी पाएको छ । तेश्रो हप्तामा चलचित्रको व्यापार कम हुँदै जाने र शो पनि घट्दै जाने हुन्छ । तर, काठमाण्डौको क्यूएफएक्स चेनमा यो चलचित्रले आज शुक्रबार २१ शो पाएको छ । यो चलचित्र रिलिजको पहिलो शुक्रबारको भन्दा २ शो बढी हो ।

शुक्रवारबाट ३ नयाँ नेपाली चलचित्र रिलिज हुने भएतापनि क्यूएफएक्समा ‘कुम्भ करण’ले ३ शो पाउनु बाहेक अरु चलचित्रले शो नै पाएका छैनन् । यसैले यसको प्रत्यक्ष फाइदा ‘जात्रै जात्रा’लाई भएको छ । चलचित्रले तेश्रो हप्तामा पनि आक्रामक व्यापार गर्ने संकेत दिइसकेको छ । प्रदिप भट्टराई निर्देशित यो चलचित्रको बलियो वर्ड अफ माउथका कारण दर्शकको विश्वास झनै बढ्दो छ ।

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले सुन काण्डको कथालाई रोचक तरिकाले उठाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->