पोखरा,१७ जेठ -पत्रकारहरुले तथ्यको आधारमा सुचना सम्प्रेषण गर्नु पर्ने, एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । तथ्यहिन समाचार सम्प्रेषण गरेर निश्वार्थपूर्वक जनताको काम गरेकाहरुलाइृ हतोत्साही गराएको आरोप उनिहरुले लाए । आफुबिरुद्ध नचाहिदो समाचार पत्रिकामा आएका कारण अनावश्यक दुःख झेल्नु परेको, तर पुष्टि भने हुन नसकेको गुनासो पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुलीले गरिन् । वडा नं १३ का वडाध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन’ले पत्रकारहरुले समाचार लेखेका कारण आफ्नो चर्चा बढेकोमा प्रशंसा गरे । उनले भने पत्रकारको कलम शक्तिशाली भएकाले यसको सदुपयोग गर्न आग्रह गरे ।
संचारिका समुह गण्डकी प्रदेशले आयोजना गरेको स्थानिय संचार बिकास योयना अन्तरक्रिया कार्यक्रमा वडाध्यक्षहरुले सो धारणा राखेका हुन् । पोखरामहानगरपालिका का ३३ वटै वडाहरुका प्रतिनिधीहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रममा वडा नं ६ का अध्यक्ष जगत पहारीले सामाजिक संजालमा नकारात्क खालका सुचना र भिडियोहरु नियोजित रुपमा भाइरल गरिने बताए । वडा नं १६ का अध्यक्ष जिवन आर्चायले आफुले निश्वार्थ पूर्वक काम गर्दा पनि एकपक्षिय दंगबाट समाचार समप्रेसण गरेको बताए । उनले भने बुझेर सत्य तथ्य समाचार दिएमा पाठकहरु भ्रममा नपर्ने बताए । यस अघि ओपचारिक समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका का प्रमुख मानबहादुर जिसीले पत्रकारका सकारात्मक आलोचनाले जनप्रतिनिधीहरुको समेत आखां खोलिदिने बताए । उनले भने ‘ हामीहर अन्र्तयामी होईनौं मानबिय कमजोरीका कारण गल्ती हुने गर्दछ । पत्रकारले समयमा नै आलोचना गरेमा हामील सुधारको मौका पाउछौं ।’ उनले भने कतिपय केन्द्रीकृत मनसायका कारण संघिय सासंदले जिल्लालाइ मात्रै हेर्ने प्रदेशले वडा हेर्ने भए पछि वडाहरुको कार्यक्षेत्र साघुरिएको बताए ।
नागरिक समाजका अगुवा आनन्दराज मुल्मीले संघिय सरकारले बजेट ल्याउदा केन्द्रिकृत मानसिकताको कारण बजेटले पोखरालाई प्राथमिकतामा नपारेको बताए । सो अवसरमा पत्रकारमहासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, संचारिका समुहका संस्थापक अध्यक्ष दुर्गा भण्डारी, बर्तमान अध्यक्ष स्मिता अधिकारी, जमुना शर्मा बर्षा कबिता श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।





