बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सांसद गुरुङको पहलमा महिलाहरुलाई उद्घोषण तालिम

सांसद गुरुङको पहलमा महिलाहरुलाई उद्घोषण तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७६, शुक्रबार

पोखरा,१७ जेठ – पोखरा–११ स्थित नमुना टोल विकास संस्थाको आयोजना र सांसद मीना गुरुङको आर्थिक तथा प्राविधिक सहयोगमा विहीवारदेखि पांच दिने उद्घघोषण तथा कार्यालय व्यवस्थापन तालिम शुरु भएको छ ।

तालिममा नमुना टोल विकास संस्थाका स्थानीय महिला तथा पुरुष गरी ३० जनाको सहभागिता रहेकोछ । तालिम उद्घाटन गर्दै सांसद गुरुङले जीवनोपयोगी सीप हासिल गर्दै आत्मनिर्भर बन्न आफूले वडा वडामा कार्यक्रम ल्याएको बताइन् । उनले भनिन् आफ्नो क्षमता अभिवृद्धिका लागि उद्घघोषण कलाले सघाउ पु¥याउने छ । आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम वडामा ल्याउने आश्वासन दिईन् ।

हङकङ व्युटी इन्स्टिच्युट, महेन्द्रपुलका संचालक समेत रहेकी सांसद गुरुङ सामाजिक कार्यमा निकै क्रियाशील रहेकी छन् । तालिमका प्रशिक्षक समेत रहेकी सांसद गुरुङले आउदा दिनमा महिलाहरुलाई आर्थिक रपमा आत्मनिर्भर बनाउने तालिमका साथै उद्यमशिलताको बिकास गर्ने बताईन् । उनले तालिमको लागि आवश्यक सम्पूर्ण प्राविधिक र आर्थिक सहयोग गर्ने जानकारी दिईन् । समिति अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहको संचालन लक्ष्मी केसीले गरेकी थिइन् । तालिमबाट बोल्ने कलाको विकास र कार्यालय व्यवस्थापन गर्न सक्ने क्षमता अभिबद्धि हुने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->