बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा नेकोको प्रभात फेरी

पोखरामा नेकोको प्रभात फेरी


  • Dhorpatan News
  • जेष्ठ १७ २०७६, शुक्रबार

पोखरा,१७ जेठ- नेको इन्सुरेन्स कम्पनी लिमिटेडले स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी सम्पन्न गरेको छ। संस्थाको बार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धि सचेतना जगाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको लिमिटेडका प्रमुख कार्यकारीणी अधिकृत बिश्वराम तिमिलाले बताए ।
प्रभातफेरिमा सहभागीहरुले हामि जोखिम बहन गर्न तयार छौँ, के तपाई जोखिम मुक्त हुन तयार हुनुहुन्छ ।, अब राहत होइन, बीमा रोजौँ ।, म जिम्मेवार छु किनकी म बीमा गर्छु ।” लगायत बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा बोल्दै तिमिलाले आफ्नो जुनसुकै सम्पत्तिको जोखिम बीमा गरी भैपरी आउने क्षतिबाट बच्न सबैलाइ आग्रह गरे। लिमिटेडका नायव प्रमुख कार्यकारीणी अधिकृत अशोककुमार खड्काले अबको जुनसुकै निर्माण बीमा गरेर मात्रै सम्पन्न गर्नुपर्ने बताए ।
प्रभात फेरीमा देशभरका बजार बिभागमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।पोखरा कुटि रिसोर्टबाट सुरु भएको प्रभातफेरी जिल्ला मालपोत कार्यालय, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्टमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->