पर्वत,१८ जेठ – पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले विद्यालयको विकासमा सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताए। उनले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र समायानूकल बनाउन विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताए।
कार्यक्रममा बोल्दै कुस्मा ११ पकुवाका वडा अध्यक्ष शिब प्रसाद पौडेलले सामुदायिक विद्यालयलाई सुधार गरेर गुणस्तरिता बढाउन विशेष योजना ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी, नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष तथा पूर्व प्रअ रुद्र बहादुर रिमाल, विद्यालयका प्रअ नरनाथ रिमाल लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण पेश गरिएको थियो । सोही अवसरमा विद्यालयको संस्थागत विकासका लागि योगदान दिने ८ विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्भबी अधिकारी र विद्यार्थी प्रमिला क्षेत्रीले र संचालन शिक्षक राजकुमार गौतमले गरेका थिए।
पर्वतको एकमात्र प्राविधिक धारमा अध्यायन हुने यस विद्यालयमा कृषि जेटिए र भेटेरीनरी जेटीएको पढाई हुँदै आएको छ ।





