नागडाँडा ,१९ जेठ – पोखरा उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नेतृत्व विकास एवं संघ व्यवस्थापनको लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । शुक्रबार सुरु भएको गोष्ठीमा संघका अध्यक्ष दामु अधिकारीसहित पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागि रहेका छन । कार्यशाला गोष्ठीको दोस्रो सत्रमा संघको आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना तर्जुमा समेत गरिने संघका महासचिव अर्जुन पोखरेलले बताए।
गोष्ठीको औपचारिक सुरुवात गर्दै संघका अध्यक्ष दामु अधिकारीले संघलाई अझ बढी सदस्यमैत्री बनाउन यो गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । उनले संघको नेतृत्व दिँदा नै आफूले पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धिको विषयलाई प्राथमिकता दिएको स्मरण व्यक्तिको क्षमता बढ्ने आशा व्यक्त गरे । उनले कार्ययोजना तर्जुमा गर्दा संघका सदस्यहरुको आवश्यकतालाई केन्द्रमा राखिने बताए ।
कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले गोष्ठीले व्यक्तिको क्षमता बृद्धिसँगै उद्योगी÷व्यवसायीहरुको पीर–मर्का समाधानमा पनि सहयोग पु¥याउने आशा व्यक्त गरे। उनले आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना निर्माणसँगै संघ आउँदा दिनमा अझ बढी प्रबिधिमैत्री हुने बताए । संघका महासचिव अर्जुन पोखरेलले सिक्ने र सिकाउने क्रम कहिल्यै नसकिने बताउँदै गोष्ठीबाट सक्दो बढी लाभ लिन सहभागीहरुलाई आग्रह गरे ।





