बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा सामुदायिक वन उपभोक्ता दिवस मनाईयो

पर्वतमा सामुदायिक वन उपभोक्ता दिवस मनाईयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७६, आइतबार

पर्वत,१९ जेठ – २४ औं सामुदायिक वन उपभोक्ता दिवसको अवसर पारेर पर्वतमा बृक्षारोपण कार्यक्रम गरिएको छ । फेकोफन पर्वतले भड्खोरे सामुदायिक वन उपभोक्ता समूहमा विभिन्न जातका बिरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको हो ।
वनको खाली जग्गामा लप्सी, पैयूँ, पिपल, राईखन्यूँ, बकाईनो लगायत विभिन्न जातका बिरुवा बृक्षारोपण गरिएको फेकोफन पर्वतका सचिब गणेश पौडेलले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि. पौडेलले पीपलको बिरुवा रोपेर बृक्षारोण कार्यको शुभारम्भ गरेका थिए।
कार्यक्रममा बोल्दै पौडेलले जथाभावी वन फडाँनी भईरहेको अवस्थामा बिरुवा रोपेर वातावरण जोगाउने कार्यको प्रशंसा गरे । डिभिजन वन कार्यालय पर्वतका प्रमुख अशोक कुमार श्रेष्ठले वन मानव जीवनसँग जोडिएको भएकाले यसको संरक्षण र संवद्र्धन गर्ने कार्यमा सबै लाग्नुपर्ने बताए।
सोही अवसरमा कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुवास पौडेलले दिगो वन व्यवस्थापनका लागि बृक्षारोपण कार्यले नविकरण गराउँदै जानेमा जोड दिए । कार्यक्रममा फेकोफन पर्वतका अध्यक्ष कबिता वि.क. पूर्व अध्यक्ष खेमनाथ शर्मा, फेकोफन गण्डकी प्रदेशका सदस्य लिला दवाडी पौडेल, गैसस महासंघ पर्वतका अध्यक्ष शिब प्रसाद शर्मा, भड्खोरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेज गिरी, फेकोफन पर्वतका सचिब गणेश पौडेल, कोषाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->