पोखरा,१९ जेठ -गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले आफ्नी आमाको स्मृतिमा छात्रबृत्ति वितरण गरेकी छन् । आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा स्थापित डिकेडिएस फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले क्यूपेक नेपालको २३ औं स्थापना दिवसको सन्दर्भ पारेर शनिबार सो छात्रबृति प्रदान गरेकी हुन् ।अम्मरसिंह नमुना माविमा कक्षा २ मा अध्यायनरत छात्रा आयुषा पौडेल र सिद्ध बाराही मावि कक्षा ७ मा अध्यायनरत समिक्षा भण्डारीलाई सांसद गुरुङले छात्रबृत्ति स्वरुप जनही ७ हजार ५ सय र शैक्षिक सामाग्रि(झोला र कपि) प्रदान गरिन् । सांसद गुरुङले हरेक बर्ष गण्डकी प्रदेशका दुई जना छात्रालाई यसै गरी छात्रबृत्ति वितरण गर्ने योजना बनाएको बताइन् ।सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हौसला बढाउन सहयोग स्वरुप अभियान सुरु गरेको उनले बताइन् । यस्तै अभियान सबै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले शुरु गरेमा नेपालको बिकास हुन धेरै समय नलाग्ने उनको धारण थियो ।सो अवसरमा क्यूपेक नेपाल कास्की जिल्ला कमिटिका अध्यक्ष हरीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव तिर्थराज मगरले कार्यक्रम संचालन गरेका थिए ।





