बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रतिपक्षीले हात उठाएनन, सभामुख झुक्किए

प्रतिपक्षीले हात उठाएनन, सभामुख झुक्किए

कांग्रेसद्वारा सदन अवरुद्ध


  • Dhorpatan News
  • जेष्ठ १९ २०७६, आइतबार

पोखरा, जेठ १९- ‘माननीय सदस्यहरु आजको बैठकको कारवाही प्रारम्भ हुन्छ’ सभामुख नेत्रनाथ अधिकारीले यति भनिनसक्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु टेबुल ठटाउँदै उठे । सरकारसँग केही विषयमा जवाफ मागेको र सरकारले जवाफ नदिएको भन्दै सदन अवरुद्ध गर्ने मनशायले कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेका थिए । प्रतिपक्षीका सबै प्रदेशसभा सदस्यह उठेपछि सभामुखले समय दिँदै दलको नेतालाई धारणा राख्न दिने प्रचलन हुन्छ । संघीय संसदमा पनि यो प्रचलन छ ।
तर, सभामुखले भने आईतबारको प्रदेशसभा बैठकमा कांग्रेसलाई बोल्ने समय दिएनन् । यसबिचमा उनले तीनपटक सम्म बस्न आग्रह गरे । तर, प्रदेशसभा सदस्यहरु नबसेपछि सभामुख अधिकारीले भने “माननीय सदस्यहरु अब यो बैठक प्रमुख प्रतिपक्षी दलबाट अवरुद्ध भएको हुनाले भोलि २०७६ दुई महिना २० गतेसम्मको लागि स्थगित हुन्छ ।”
समय दिनुपर्ने होईन र ? भन्ने जिज्ञासामा उनको जवाफ थियो, “उहाँहरुले हात उठाएर समय माग्नुपर्ने थियो, पहिले पनि हात उठाएपछि समय दिईएको थियो, उहाँहरुले हात उठाउनुभएन, थोरै झुक्किएँ ।”
यस विषयमा प्रमुख प्रतिपक्षी दलसँग कुरा भईसकेको उनले जानकारी दिए । “उहाँहरुसँग कुरा भईसकेको छ, भोलि मुख्यमन्त्री आएर जवाफ दिनुहुन्छ, अनि सदन अगाडि बढ्छ ।”
प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चाहिँ ‘सभामुखले विचार पु¥याउनुपर्ने’ प्रतिक्रिया दिए ।
अर्को प्रतिपक्षी दल संघीय समाजवादी पार्टी (एकताअघिको नयाँ शक्ति) का सांसद हरिशरण आचार्यले सभामुखले बोल्न नदिनु लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिए । “अहिलेसम्म प्रचलनमा प्रमुख प्रतिपक्षी उठेपछि विषयवस्तु के छ भनेर बोल्न दिने केन्द्रदेखिको प्रचलन छ, तर आज प्रचलन तोडेर बोल्न सम्म नदिने जुन ढंगले लोकतन्त्रको अपहरण गर्न खोजियो, यो एउटा सुरुवातको दृष्टान्त हो, मैले बुझ्छु कि यो अपहरण एउटा लोकतन्त्रको अपहरण गर्दै उपहास गर्ने शैली अपनाईयो, वास्तवमा यो नेपाली राजनीतिक ईतिहासको सबैभन्दा गलत ईतिहास हो ।”
प्रक्रिया पु¥याउन बैठक
आईतबारको सदन अवरुद्ध हुने संकेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार नै दिईसकेको थियो । बजेट अधिवेशनको पहिलो बैठक जेठ १५ गते सदनमा सम्बोधन गर्दै कांग्रेसका प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले सरकारसँग विविध विषयमा जवाफ दिनुपर्ने बताएका थिए ।
तर, १७ गतेको बैठकमा पनि जवाफ नआएपछि अर्को बैठक अवरुद्ध गर्ने संकेत कांग्रेसले दिएको थियो । आईतबार १ बजेका लागि डाकिएको सदन ढिलोगरि सुचारु भयो । शुक्रबारको प्रदेशसभा बैठकमा पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची थियो । तर, मुख्यमन्त्री नआएपछि जवाफ पनि नआउने हुँदा सदन स्थगित गर्ने विषयमा कार्यव्यवस्था समितिमा छलफल भयो र सहमतिकै आधारमा सदन स्थगित गर्ने निर्णय समेत भयो ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुचारु गर्ने, प्रतिपक्षी उठ्ने र आफ्नो धारणा राखी स्थगित गर्ने कार्यक्रम तय भयो र करिब २ मिनेट चलेर सदन स्थगित भयो ।
कांग्रेसद्वारा सदन अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईतबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार प्रदेशसभामा अर्थमन्त्री किरण गुरुङले पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूच् िभएतापनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफूहरुले उठाएका विषयको जवाफ नदिएको भन्दै सदन अवरुद्ध गरेको हो ।
बजेट अधिवेशनको पहिलो दिन जेठ १५ गते प्रदेशसभामा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कार्यविधी नै संशोधन गरेर अनुदान दिईएको, हचुवामा अनुदान दिईएको, मन्त्रालय आफैले उपभोक्ता समिति गठन गरेको, धर्म, संस्कृति, समाजमा प्रत्यक्ष असर गर्ने ईन्जोय जोनको विषयमा सदनमा नै छलफल नगरि बजेट छुट्याईएको जस्ता विषयमा जवाफ मागेका थिए ।
“विगतमा अबण्डा बजेटको विषयमा हामीले हाउसमा प्रश्न उठायौँ, मन्त्रीहरुले सरकारका तर्फबाट आश्वस्त पार्नुभयो कि कार्यविधी बनाउँदा हामीले तपाईहरुलाई संलग्न बनाउँछौ, तर कुनै पनि सांसदलाई बोलाउनुभएन, कतिपय मन्त्रालयले कार्यविधी नै फेरे, सदनमा बोलेका कुराहरु बाईपास गर्न पाईँदैन भन्ने हाम्रो मान्यता हो” उनले भने, “बजेटमा कनिका छराई, मोडेल फार्मममा १ लाख देखि ५५ लाख सम्म आस्थाका आधारमा दिईएको छ, यसको मापदण्ड स्पष्ट हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।”
बहुदलीय व्यवस्थामा नेकपाका सरकार हुँदा आस्थाकै आधारमा मनपरी कर्मचारी सरुवा गरिएको छ, निर्धारित मापदण्ड उल्लंघन गर्न नहुने उनले बताए । “प्रदेशको अस्तित्वसँग गाँसिएको कालीगण्डकी डाइभर्सनविरुद्धमा हामी छौँ, सरकार पनि अडिग हुनुपर्छ”, उनले भने, “अब पनि सरकारले रेस्पोन्स गरेन भने हामी सदन अवरुद्ध गर्छौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->