बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दमेकका टोल टोलमा वडाका सेवा

दमेकका टोल टोलमा वडाका सेवा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७६, सोमबार

बागलुङ,२० जेठ -जिल्लाको जैमिनी नगरपालिका–३ दमेकले वडाका टोलटोलमा पुगेर कार्यालयबाट प्रवाह हुने सेवा उपलव्ध गराएको छ । भौगोलिक हिसाबले वडा कार्यालय पुगेर सेवा लिन असहज रहेका टोलमा पुगेर वडा कार्यालयबाट प्रवाह हुने सबैखालका सेवा उपलव्ध गराईएको हो ।
जेठको १८, १९ र २० गते वडाका देउरालीखानी, नौला, ठुल्डाँडा, नेपाने र कालापाताल लगायतका टोलमा पुगेर सर्वसाधारणकै दैलोमा सेवा उपलव्ध गराईएको वडा अध्यक्ष बेदबहादुर छन्त्यालले बताए । वडा कार्यालयबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको समुहले राजश्व संकलन, पञ्जीकरणका काम लगायत सिफारिस समेत घरदैलोमै उपलव्ध गराएको थियो ।
छरिएर रहेका गाउँका कारण कतिपय टोलका सर्वसाधारणलाई वडा कार्यालय पुग्न असहज छ । ‘वडाबाट पाउने सुविधामा कसैलाई असहज नहोस् भनेर टोलटोलमै पुगेर सेवा दिएका हौं’ वडाध्यक्ष छन्त्यालले भने ‘जनताको कामका लागि कार्यालय समय बाहिर पनि हामीले सेवा दिएका छौं ।’ लामो समय खाली रहेको वडामा सचिव आएपछि पहिलोपटक टोल–टोलमा पुगेर सेवा दिईएको हो ।
झण्डै एक बर्ष खाली रहेको वडामा अघिल्लो हप्ता मात्रै वडा सचिव गोपाल प्रसाद सापकोटा आएका छन् । साविकको दमेक गाविसलाई जैमिनी नगरपालिका बनेपछि दुई वडामा विभाजित गरिएको थियो । साविकको गाविसको सबै संरचना वडा नं. २ ले प्रयोग गरेकाले वडा नं. ३ को वडा कार्यालय समेत छैन् । भाडाको भवनबाट सञ्चालन हुँदै आएका सेवालाई जनताको घरदैलोमा पु¥याउन टोल टोलमा पुगेको छन्त्यालले बताए ।
वडा सचिव नभएका कारण रोकिएका पञ्चीकरणका काम र वडा अध्यक्षले गर्नुपर्ने सिफारिसका काममा सहजताका लागि वडाले अभियाननै चलाएको हो । वडाबासीको माग र आवश्यकताका आधारमा टोल–टोलमा पुगेर सेवा दिने कामलाई निरन्तरता दिईने सचिव सापकोटाले बताए । टोलटोलमा पुगेको वडा कार्यालयको समुहले आगामी आर्थिक बर्षको लागि योजनाको छनौट समेत गरेको थियो । टोलका सबै नागरिकलाई एकै ठाउँमा जम्मा गरेर कार्यालयका सेवा र आगामी योजनाको बिषयमा छलफल गरिएको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->