पोखरा,२० जेठ -कारबाकेली परिवार नदीपुर ३ पोखराले युवा उद्यमी, नेपाल सरकारद्धारा गण्डकी प्रदेशको राजधानी पोखरामा पोल्ट्री व्यवसाय संचालन गर्दै आएका भिसीमार्ग निवासि ज्ञान बहादुर पुर्जालाई अभिनन्दन गरेको छ ।पूर्जाले नेपाल सरकार खाद्य तथा गुणस्तर नापतौल विभागबाट “मूना हेवन” ब्राण्डको ससेज, सलामी, ह्याम उत्पादन तथा विक्रि वितरण गर्न पाउने मान्यता तथा गुणस्तरमा क श्रेणी प्राप्त गरेको अवसरमा पुन मगर समुदायको तर्फबाट अभिनन्दन गरिएको कारबाकेली परिवारका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुनले बताए। त्यस अवसरमा अध्यक्ष पुनले १५ वर्ष अगाडि फिमला आमा समूह गठनमा सघाएका ९० वर्षिय वयोबृद्ध गोपिचन गर्बुजा र फिमला आमा समूहका प्रतिनिधिको साथमा फूलमाला, खादा, अबिर र अभिनन्दन प्रदान गरेर सम्मान गरेका थिए ।
पुनले अबको समय आफैं स्वरोजगार हुने र अरुलाई रोजगार दिने समय हो भन्दै युवालाई बाबु वाजेको पेन्सन र लाहुरेको सपना नबनाई आफ्नै माटोमा केहि गर्न सकिन्छ भन्ने कुरा ज्ञान बहादुर पुर्जाबाट सिक्न जरुरी भएको बताए। समाजमा राम्रो काम गरे एक दिन सफलताको प्रतिफल राम्रै आउँछ, पुनले भन्नुभयो ः“कुनै पनि काममा लगनशिलता, पारदर्शिता, निरन्तरता र गुणस्तर दिन सकियो भने एक नम्बरमा पुग्न कठिन हुँदैन, यो समुदायले पनि सिक्नुपर्छ ।”
धौलागिरीको म्याग्दी, अन्नपूर्ण गाउँपालिका वाड नं ८ काफलडाँडामा जन्मिएका पुर्जाले बिगत २४ वर्ष देखि पोखरामा पुन ग्रुप अफ पोल्ट्री ईण्डष्ट्रीज संचालन गरेका छन। पस्र्याङमा प्रमुख विक्रि केन्द्र रहेको छ भने कास्कीको लाहाचोक, घाचोक, तल्लो हेम्जा, आर्वा, भ्यू पोईन्ट लगायतका २५ ठाउँमा पोल्ट्री फार्म संचालनमा रहेका छन। झण्डै दुई द्ुई महिनाको फरकमा २४ लाख बराबरको चल्ला राख्ने गरिएपनि पोखरा र आसपासमा कुखुरा तथा कुखुराजन्य उत्पादनहरुको मागलाई पुर्याउन हम्मेहम्मे भएको पुर्जाले बताए।
अभिनन्दन कार्यक्रममा परिवारका रणसिंह गर्वुजा, चीनमाया पुन, भिम पाईजा, ओम प्रकाश पुन, लगायतले ज्ञान पुर्जाको उदाहरणिय कामले युवालाई कुनैपिन व्यवसाय रोजेर घरआगनमा आत्मनिर्भर बन्ने बाटोमा लाग्न प्रेरणा मिलेको बताए।
मृगौला पिडित कल्पनाको लागि ६५ हजार हस्तान्तरण
सोहि कार्यक्रममा म्याग्दी मालिका गाउँपालिका वडा नं १ मिस्कोटकि कक्षा ५ मा अध्ययन गर्दै गरेकि १२ वर्षिया मृगौला पिडित कल्पना पुनको सहयोगको लागि संकलित ६५ हजार ५ सय ४० रुपैयाँ परिवारका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुन तथा ९० वर्षिय वयोबृद्ध गोपिचन गर्बुजाले पिडितका बुबा बीर बहादुर पुनलाई हस्तान्तरण गरेका थिए।
छोरीको उपचारको लागि गाउँबाट पोखरा आएँ, सामाजिक संजालबाट सहयोगको याचना गरे, व्यक्ति आफन्तलाई गुहार,ें अलिअलि रकम जम्मा भयो र काठमाडौं गएँ, पुनले भने ः“काठमाडौंमा पनि छोरीको उपचार असंभव भयो र भारतमा लगे तर आफुसंग भारतमा बसेर छोरीको मृगौलाको उपचार गराउने क्षमता भएन र फर्किएँ ।” पुनले अवस्था कमजोर भएकोले सहयोेग जुटाउँदै छोरी कल्पनाको उपचार गराईरहेको बेलामा कारबाकेली पुन परिवारबाट पाएको सहयोगपछि आशा जागेको बताए।
पुनलाई हस्तान्तरण गरिएको रकम कारबाकेली परिवारबाट ४० हजार, ज्ञान पुर्जाबाट ५ हजार, चन्द्र बहादुर पहरे पुनबाट ४ हजार पाँच सय, गोपिचन गर्बुजाबाट ३ हजार, मनकामना स्कुलबाट ११ सय ४० र लक्ष्मण पुनबाट २ हजार गरि जम्मा ६५ हजार ५ सय चालिस रहेको पुनले जानकारी दिए।






