बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा ओली एजुकेशन फेयर

पोखरामा ओली एजुकेशन फेयर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७६, मंगलबार

पोखरा,२१ जेठ -पोखरामा ओली एण्ड एसोसिएट्स शैक्षिक मेला २०१९ हुने भएको छ । जेठ २३ गते मेला आयोजना गरिएको मंगलवार पत्रकार सम्मेलनमार्फत ओली एण्ड एसोसिएट्स पोखराका प्रबन्धक तिलक लामिछानेले जानकारी दिए । उच्च शिक्षाका लागी अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालका मुख्य शहरहरुमा शैक्षिक मेला आयोजना गरिएको लामिछानेले जानकारी दिए । शैक्षिक मेला पोखरा –५ जिरो किमिको निर्मल शान्ति निवासमा हुने उनले जानकारी दिए । शैक्षिक मेलामा अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु, ओली एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, सस्थाका नेपाल प्रमुख सुदर्शन शर्मा, बैङ्कका प्रतिनिधिहरुको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।
मेलामा शैक्षिक परामर्श, छात्रवृत्तिका अवसर, शैक्षिक कर्जाको लागि बैङ्कका प्रतिनिधिसँग भेटघाट तथा छलफल, कलेजका प्रतिनिधिहरुसँगको भेटघाट, तयारीमा छुट तथा जानकारी, गिफ्ट ह्याम्पर लगाएतका कार्यक्रम हुने छ । एजुकेशन फेयरमा पोखरा तथा पोखरा आसपासका ५ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने संस्थाले जनाएको छ । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->