बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घेरो नाटक अब काठमाण्डौंमा

घेरो नाटक अब काठमाण्डौंमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७६, बुधबार

पोखरा,२२ जेठ – युथ क्रियशन थिएटरको छैठौँ प्रस्तुती लोकनाटक अब राजधानीमा मञ्चन हुने भएको छ । घेरो राजधानीको सर्वनाम थियटरमा यही जेठ २४ गते प्रदर्शन हुन लागेको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक मञ्चन हुन लागेको हो ।
बालनको शैलीमा भजनमार्फत कथा वाचनहुँदै जाने नाटक यसअघि सुर्खेतको रारा राष्ट्रिय नाटक महोत्सव र पोखरामा मञ्चन भइसकेको छ । गण्डकी क्षेत्रमा बोलिने भाषा र लवजलाई नाटकमा समेटिएको छ । नाटकले पुरातन र रुढीवादमाथिको प्रहार रहेको छ । केदार पौडेलले लेखेको नाटकको युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले निर्देशन गरेका छन् भने नाटकको भजन रचना मधुसुधन पौडेलले गरेका हुन् । रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरूप दिएको युथ क्रियसनका सचिव सौगात पोखरेलले जानकारी दिए । नाटकमा कलाकारहरु केदार पौडेल, लक्ष्मण डुम्रे र सर्मिला बस्नेत,ममता मञ्जुल, सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुनलगायतले अभिनय गरेका छन् भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->