बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्यटकीय घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण

पर्यटकीय घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण


  • Dhorpatan News
  • जेष्ठ २३ २०७६, बिहिबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

म्याग्दी,२३ जेठ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ ।चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको यस पदमार्गमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा घोडेपानीका स्थानीयले ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरेका हुन् ।
रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिए । उनका अनुसार, साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण भएको छ । अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण भएपछि पदमार्ग हुँदै भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
पदमार्ग निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको थियो । भिरालो बाटोमा पानी पर्दा पर्यटकहरु लडेर चोटपटक लाग्ने समस्या पदमार्ग निर्माण भएसंगै हटेको पुनले बताए।
भौगोलिक रूपमा विकट र बस्तीदेखि टाढाको जङ्गलमा पदमार्ग बनाइएको हो । घोडेपानीको शिरमा रहेको चर्चित पर्यटकीय स्थल पुनहिल भ्रमणका लागि आउने पर्यटकबाट सङ्कलन गरिने प्रवेश शुल्कमा लगाएको ठेक्काबाट भएको आम्दानीबाट पदमार्ग निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।
उनले पर्यटकीय स्थलबाट भएको आम्दानीलाई पर्यटन पूर्वाधार निर्माणमा खर्चिने नीति अनुसार आगामी बर्षमा समेत थप पूर्वाधारहरु निर्माण हुने बताए । घोडेपानी र पुनहिललाई सरकारले नेपालका १०० पर्यटकीय स्थलमा समेटेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->