बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकारद्वारा चार राजदूत सिफारिस

सरकारद्वारा चार राजदूत सिफारिस


  • Dhorpatan News
  • जेष्ठ २५ २०७६, शनिबार

काठमाडौं, २५ जेठ-सरकारले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको हो। प्रधानमन्त्री ओलीले राजदूत सिफारिसमा सन्तुलन मिलाएका छन्। उनले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटलाई पनि राजदूत नियुक्त गरेका छन्। लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिस गरिएको हो। नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->