बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कृषि र पशु सेवा प्रविधीक राख्न वडाले पहल गर्ने

कृषि र पशु सेवा प्रविधीक राख्न वडाले पहल गर्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७६, आइतबार

पोखरा,२६ जेठ – बाख्रा पालनको लागी पकेट क्षेत्र मानिएको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा कृषि र पशु सेवा प्राविधीक राख्नका लागी वडाले पहल गर्ने भएको छ । वडाका अध्यक्ष सिम गुरुङले मौजा गाउ बाख्रा पालनका लागी पकेट क्षेत्र मानिएको भएतापनि कृषि र पशु प्राविधिक नहुदा पशुपालक किसानहरुले समस्या झेल्नुपरेको वताउदै प्राविधीक राख्नका लागी वडाले पहलकदमी थाल्ने वताए ।
साविकको मौजा गाविस हुदा कृषि र पशुमा दुवै क्षेत्रमा प्राविधीक रहेको भएतापनि हाल पशु प्राविधीकमात्र रहेको र उक्त प्राविधीकले अन्य वडाहरुमा समेते हेर्नुपर्ने भएकाले आफ्नो वडाका किसानले सेवा प्राप्त गर्न नसकेकाले कृषि र पशु सेवा प्राविधीकलाई मौजामा रहेको पशुपालन क्षेत्र सम्म पुग्ने गरी सेवा प्रदान गराउनका लागी महानगर समक्ष आग्रह गर्ने अध्यक्ष गुरुङले वताए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधीक संघको चौथो स्थापना दिवसको अवसरमा आयोजित सरोकार वालाहरु संग अन्तरक्रिया तथा पशु स्वास्थ्य बांझोपन निवारण शिविरमा वोल्दै वडा अध्यक्ष गुरुङले पोखरा महानगरको सवैभन्दा पछाडि परेको वडाको रुपमा रहेको २० नम्बर वडामा पशुपालनको क्षेत्रमा बाख्राका लागी पकेट क्षेत्र रहेको वताउदै आगामी दिनमा अझै बाख्रा, कुखुरा, भैसी जस्ता पशुपालन र कृषिलाई मध्यनजर गरी कृषि र पशु सेवा प्रविधीक राख्नका लागी आफ्नो तर्फबाट पहलकदमी थाल्ने वताए ।
त्यसैगरी वडाले विनियोजन गरेको वजेट वास्तविक कृषक समक्ष पुग्न नसकेको गुनासो आइरहेको वताउदै गुरुङले आगामी वजेट वास्तविक किसान र जो अति विपन्न अवस्थामा जीवनयापन गराइरहेका छन उनीहरुलाई लक्षित गरी वजेट छुट्याउने समेत वताए ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले नेपाल पशु स्वास्थ्य सेवा प्राविधीक संघको पहलमा तत्कालिन समयमा हरेक गाविसहरुमा एक गाउ एक प्राविधीकको सेवा उपलब्ध गराएको भएतापनि संघीय संरचना संगै उ क्त सेवामा कटौती भएर जादा पशुपालन र कृषिको क्षेत्रमा ठूलो क्षती ब्यहोर्नु परेको वताउदै यसवारेमा सम्बन्धित निकायले चासो दिनुपर्ने वताए ।
त्यस्तै मौजा बाख्रापालन कृषि सहकारीका अध्यक्ष दुर्गा वहादुर गुरुङले पशु सेवा प्राविधीकहरुको अभावमा पशुपालक कृषहरुले आफ्नो पशुलाई लागेको रोगको बारेमा समयमानै पहिचान गर्न नसक्दा कहिलेकांही ठूलो क्षती ब्यहोर्नुपरिरहेको वताउदै यसवारेमा महानगरले ध्यान दिन सके पशुपालक कृषकहरुलाई ठूलो राहत मिल्ने वताए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधीक संघ कास्कीका अध्यक्ष ठगेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय महासचिव शुरेस कुमार श्रेष्ठ र केन्द्रीय सदस्य सहदेव पौडेल लगायतले संघको गतिविधी र यसको क्रियाकलापको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा सहकारीमा आवद्ध रहेको विभिन्न पशुपालक किसानहरुलाई विभिन्न पशुरोगका औषधीहरु वितरण गरिएको थियोभने कृषकका गोठमा पुगी पशुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->