पोखरा,२६ जेठ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट प्रहरीले घेराबन्दी गरि विप्लवका १८ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ।
उनीहरुलाई शनिबार रातिनै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने सूचना थाहा पाएपछि कास्की प्रहरीले सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो। नेकपाका कार्यकर्तालाई दिउँसो देखि नै घेरा बन्दी गरि प्रहरीले साँझ ६ बजे १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। विप्लवको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेराहालेको थियो।





