बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘लक्षित समूह स्थानीय तहको बेवास्तामा’

‘लक्षित समूह स्थानीय तहको बेवास्तामा’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७६, आइतबार

बागलुङ,२६ जेठ – बालबालिका, महिला र जेष्ठनागरिकको क्षेत्रमा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बागलुङमा आयोजना गरेको प्रदेश स्तरीय बाल अधिकार संवद्र्धन र प्रवद्र्धन सम्बन्धी एक कार्यक्रममा सरोकारवालाले चिन्ता गरेका हुन् ।
सहभागिको टिप्पणीमा सहमत हुँदै कार्यक्रममा आएकी मन्त्री थममाया थापाले केन्द्रको अधिकार पाएका स्थानीय तहले जिम्मेवारी पुरा नगरेको संकेत गरिन् । बागलुङ, पर्वत र म्याग्दीका स्थानीय तहका प्रमुख सहितका जनप्रतिनिधिहरु र महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गरेका सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरिएको थियो । उक्त अवसरमा मन्त्री थापाले जनताले विश्वास गरेको स्थानीय तहहरुले बालबालिका, महिला, जेष्ठ नागरिक र अपांगताको क्षेत्रका कानून, कार्यविधि बनाउने र उनीहरुलाई अधिकार तथा अवसर दिने काममा दुइ बर्ष सम्म वास्ता नगरेको आरोप लगाएकी हुन् ।
राज्यको अधिकांस बजेट स्थानीय तहमा पुगेको अवसरलाई भौतिक बिकास मात्र नभई मानवीय बिकासको क्षेत्रमा पनि लगानी गर्न सबैलाई उनले आग्रह समेत गरेकी थिइन् । भौतिक प्रगतीको सूचक बढेपनि सामाजिक बिकासको सूचक घट्न थालेकोमा मन्त्री थापाको चिन्ता थियो । उनले मानवीय बिकास बिना भौतिक बिकासको औचित्य नहुने समेत बताईन् । उनले अब हरेक स्थानीय तहले बिकृति र बिसंगती बिरुद्ध पनि संस्थागत अभियान थाल्न निर्देशन दिईन् ।
कार्यक्रममा प्रदेशका धेरैजसो स्थानीय तह, जिल्ला समन्वय समिति, गाउ“पालिका महासंघ र नगरपालिका महासंघ समेतका प्रतिनिधि थिए । महिला तथा बालबालिका बिभागका महानिर्देशक कृष्णप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघिय र प्रदेश मन्त्रालयका कर्मचारी, नगरपालिका महासंघका अध्यक्ष दिपक कंडेल, गाउँपालिका महासंघका उपाध्यक्ष राजु पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->