बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महानगरको सहयोगमा कस्टम हायरिङ केन्द्र सञ्चालनमा

महानगरको सहयोगमा कस्टम हायरिङ केन्द्र सञ्चालनमा

किसानलाई भाडामा कृषि औजार उपलब्ध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७६, आइतबार

पोखरा, २६ जेठ- पोखरा महानगरपालिकाको मेयर प्रविधीमैत्री कृषि परियोजना अन्तर्गत पोखरा २७ तालचोकमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा आएको छ । लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाले सञ्चालन गर्ने कस्टम हायरिङ सेन्टरको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।स्थानीय किसानहरु प्रत्यक्ष लाभान्वित हुने गरी सहुलियत दरमा कृषि उपकरण एकै स्थानबाट भाडामा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगामा कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।महानगर क्षेत्रभित्र कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरणको माध्यमबाट उत्पादन लागत न्यूनीकरण गर्न महानगरपालिकाले सहयोग गरेको जिसीले बताए । बाँझो जग्गालाई समूह, सहकारी, सञ्जाल मार्फत् परिचालन गरेर स्थानीय उत्पादन वृद्धि गरी ब्रान्डिङसहितको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकारण गर्न महानगरले सहयोग गर्ने मेयर जिसीको भनाइ छ । कस्टम हायरिङ सेन्टरको लागि पोखरा महानगरको ५० प्रतिशत साझेदारी अन्तर्गत ४५ लाख सहयोग गरेको छ ।समयमै खेती लगाउन तथा बाली भिœयाउन, प्रशोधन गर्न, उत्पादकत्व तथा आम्दानी वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्न साना तथा मझौला किसानले पायक पर्ने ठाउँबाट आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार सेन्टरबाट सस्तोमा भाडामा उपलब्ध हुनेछन् ।कृषि उत्पादन वृद्धि गर्न कृषि सञ्जालले आफ्नो भेगका कृषकहरुलाई सूचिकृत गरी सेन्टरबाट उपलब्ध सेवा प्रयोग गर्न पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आग्रह गरे । नेफस्कुन सञ्चालक एवं गण्डकी प्रदेश संयोजक भीम गुरुङले यस भेगका सहकारीलाई परिचालन गरी यो अभियानलाई सफल बनाउन सकिने बताए ।सेन्टरबाट खेत बारी जोत्न, मल, पराल, धान ढुवानीका लागि ट्रलीसहित २ ट्याक्टर, कृषि उत्पादन ढुवानीका लागि १ सिंगल क्याब, बेलेरो पिकअप भ्यान १, धान पराल, गहुँ, तोरी छुट्टयाउन मल्टी क्रप्स थैसर मेसिन १, माटो मसिनो बनाउने रोटाभेटर मेसिन १, आलु ड्याङ पार्ने मेसिन, कल्टी हलो २, आलु लगाउने मेसिन १, बिरुवा लगाउन खाडल खन्ने मेसिन लगायत सामग्री उपलब्ध हुने लेखनाथ सामुदायिक कृषि सहकारीका प्रबन्ध निर्देशक शंकरप्रसाद पौडेलले बताए । कृषि औजारको बुकिङ सेवा सुरु भइसकेको सहकारीका सचिव कृष्णप्रसाद तिवारी बताए । कार्यक्रम सहकारीका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतमा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->