बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

करोड क्लबमा ‘गलबन्दी’को रेकर्ड

करोड क्लबमा ‘गलबन्दी’को रेकर्ड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार

पोखरा,२८ जेठ – गीतसंगीत स्तरिय भयो, दर्शक तथा श्रोताको मुखमा झुन्डिने भयो भने त्यसले सफलता पाउन लामो समय कुर्न पर्दैन भन्ने उदाहरण बनेको छ, ‘गलबन्दी’ । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->