स्याङ्जा, ३० जेठ- हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह १० घर भइ हाल भीरकोट नगरपालिका १ बस्ने लेखबहादुर सुर्यवंशीलाई पक्राउ गरेको छ । जेट २७ गते पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारीको लास भीरकोट नगरपालिका १ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतक अवस्थामा भेटे पछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्साल सहितको टोलिले घटनाका बारेमा अनुसन्धान थालेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर सहितको टोलिले तालिम प्राप्त कुकुरको संकेतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राती राजेश अधिकारीले काम गरेको पैशा मागदै तथानाम लागि गरेको र आफ्नो आत्मा सम्मानमा चोट पुर्याएको भन्दै हथौडा र काठको चिरपट प्रहार गरी घाइते बनाएको छोडेकोले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका सुर्यवंशी लाई जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ ।





