बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक स्थगित


  • Dhorpatan News
  • असार ७ २०७६, शनिबार

पोखरा,७ असार – गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरेको छ । शुक्रबार विनियोजन विधेयक माथिको छलफल गर्ने कार्यसूची रहेको थियो । तर, १ बजे बोलाईएको बैठक भने ३ बजेसम्म पनि सुचारु हुन सकेन ।
बैठक नचल्नुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहिबार सरकारले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रम (रेडबुक) संवैधानिक प्रक्रिया भन्दा विपरित, गैह्रकानूनी भएको ठहर गर्दै सदन स्थगित गर्ने तयारी गरेको थियो ।यस विषयमा कार्यव्यवस्था समितिमा छलफल भएतापनि मुख्यमन्त्री आएपछि केही समय छलफल भयो । कांग्रेस संसदीय दलका नेताका अनुसार मुख्यमन्त्रीले रेडबुकमा भएको त्रुटिको अनुभव गरेर फर्किएको दाबी गरे ।
“आज बैठक चलेको भए कांग्रेसले सरकारको कमजोरी र गैह्रकानूनी कार्य सार्वजनिक गर्छ भन्ने डरका कारण सदन सूचना टाँसेर स्थगित गरियो ।” उनले थपे, “एकपटक मुख्यमन्त्रीलाई सोध्नुहोस त, उहाँले के जवाफ दिनुहुन्छ ।”रेडबुकमा समावेश भएका योजनाहरु नीति तथा कार्यक्रमसँग बाझिएका, हुँदा सरकारले बजेट खर्च गर्न सक्दैन, यो कानून अनुरुप छैन भनेर सुझाव दिने र करेक्सन नभएसम्म सदन अवरुद्ध गर्ने तयारी गरेतापनि सरकार भने डराएर बैठक नै सूचनाको माध्यमबाट स्थगित गरेको कांग्रेसको ठहर छ । यसबाहेक, मन्त्रालयको एउटै शिर्षक राखेर धेरै ठाउँमा बजेट विनियोजन, विवादित योजनाहरुमा करोडौँ बजेट, सिँचाईमा नवलपुर, कास्की र तनहुँ लगभग बजेट विहिन भएको उसको ठहर छ ।
सरकारले बजेट विनियोजन गर्दा गल्ति गरेको तर स्वीकार्न नचाहेको नेपालीले आरोप लगाए । उनले भने, ‘लोकतन्त्रमा गल्ति भए त्यसलाई स्वीकारेर सच्याएर अघि जाने हो । गल्ति भएर पनि पेलेर अघि बढ्ने होइन ।’ उनले विनियोजन त्रुटिपूर्ण भए पनि आफूहरु वार्तामा बसेर सहमति गर्न तयार रहेको सुनाए ।‘बजेट विनियोजनका त्रुटिबारे मुख्यमन्त्रीसँग कुरा राख्दा उहाँले वार्ता गरौं भन्नुभाछ । सल्लाह गरौं भन्नु भाछ,’ नेपालीले भने, ‘तर, यता सदनको कुरा यस्तो छ ।’ उनले आफूहरुको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध गर्ने बताए ।गण्डकी प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गर्ने भएपछि शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरिएको सूचना दिएका हुन् । शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिने कार्यक्रम थियो । विनियोजन विधेयक अर्थमन्त्री किरण गुरुङले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->