बागलुङ,७ असार – बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानवअधिकारको अवस्थाको बारेमा जानकारी हुने हुदा मानवअधिकारको अवस्था सुनिश्चत गराउँन सबै लाग्नुपर्ने बताएका छन। मानवअधिकार वर्ष पुस्तक २०२० का लागि बागलुङमा आयोजना गरिएको अर्धवार्षीक समिक्षा कार्याक्रममा बोल्दैं प्रजिअ क्षत्रीले इन्सेककले वर्ष पुस्तक प्रकाशन पूर्व आयोजना गर्नै समिक्षा र त्यसपश्चात प्रकाशित पुस्तकले कार्यक्रमले समाजलाई सुरक्षीत हुन, अपराध नियन्त्रण गर्न र हिंसा र गतल क्रियाकलापहरु रोक्नको लागि सहयोग गर्ने समेत बताए । क्षत्रीले समाजमा हुने अपराध, हिंसा र हननका घटना नियन्त्रण र न्यूनिकरण राज्य र अधिकारकर्मीकोे मात्र दायित्व नभएर समाजका सबै सभ्य नागरिकले दायित्वबोध गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दैं जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्र प्रसाद भट्राईले अपराध नियन्त्रण संगै पीडितलाई न्याय र पीडकलाई कारवाहिको लागि आफुहरु सधै सचेत रहेको बताए ।
कार्यक्रममा बोल्दैं उच्च अदालत बार एसोसियशन बागलुङका अध्यक्ष हरी शर्माले सञ्चारकर्मी र मानअधिकारकर्मीहरु सचेत बन्नुपर्ने बताए । उनले पुष्टी भएका घटनाहरुलाई मात्र सम्प्रेशण गर्नुपर्ने भन्दैं भविश्यमा पुष्टी हुन नसक्ने घटनाहरु वर्तमानमा सार्वजनिक गरिदिदा मनोवल कम हुने समेत बताए ।
कार्यक्रममा बोल्दैं नेपाल कम्युनिष्ट पार्टी बागलुङका नगर कमिटी अध्यक्ष धनबहादुर परियार, अधिवक्ता राम शर्मा, अधिकारकर्मी लक्ष्मी जिसी कार्की, हुमाकुमारी जिसी अञ्जु, नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपीला कंडेल, प्रकाश बराल, सुवास गौतम लगाएतले मानवअधिकारको संम्र्वद्धन र प्रर्वद्धनमा प्रहरी र कानुन व्यवसायीहरु सचेत रहनुपर्ने बताएका थिए ।
कार्यक्रममा इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२० को लागि प्रलेख गरेका ४६ वटा घटनाहरु सार्वजनिक गरिएको थियो । बागलुङ जिल्लामा प्रलेख गरिएका ४६ वटा घटनाहरुमा २१ वटा घरेलु हिंसा, जबरजस्ती करणीका ७, करणी उद्योगका ९ वटा, राजनितिक अधिकारका १, राज्यपक्षबाट धाक धम्की र कुटपिट १, बालअधिकार १, जातियविभेदका १, बहुविवाहका ३ र महिला अधिकार तथा गोली प्रहार १ वटा रहेका छन् । कार्यक्रम इन्सेक जिल्ला प्रतितिनधी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।





