बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीबाट २४ जना विप्लवका कार्यकर्ता पक्रिए

कास्कीबाट २४ जना विप्लवका कार्यकर्ता पक्रिए


  • Dhorpatan News
  • असार १० २०७६, मंगलबार

पोखरा,१० असार – सन्, २०१९ को पहिलो ६ महिनामा कास्कीबाट विप्लव नेतृत्वको नेकपाका २४ जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । यो तथ्यांक अनौपचारिक सेवा क्षेत्र केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षामा उल्लेख गरिएको छ ।
कास्कीमा सन् २०१९ जनवरी देखी जुन सम्म विभिन्न सयममा उक्त संख्यामा विप्लवका कार्यकर्ताहरु गिरफ्तार भएका हुन् ।
गएको २६ जेठमा मात्रै कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका ११ उरीबाट १८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु विद्यार्थी राजनीतिमा संलग्न थिए । उनीहरुमध्े ९ जनालाई प्रहरीले सार्वजनिक अपराध र बाँकी ९ जनालाई राज्य विरुद्धको कसुरमा पक्राउ गरि मुद्धा चलायो । तर, बिना पक्राउ पूर्जी गैरकानूनी तरिकाले पक्राउ गरेको भन्दै उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दियो । राज्यविरुद्धको कसुरको मुद्धा चलाईएका ९ जनालाई पहिलोपटक आदेश जारी गरेतापनि प्रहरीले मध्यरातमा फेरि पक्राउ गरि सार्वजनिक अपराधको मुद्धा लगायो । त्यतिबेला पनि प्रहरीले पक्राउ पुर्जी लिएको थिएन । उच्च अदालत पोखराले दोश्रोपटक थुनामुक्त गर्न आदेश दिएपछि मानवाधिकार, ईन्सेक, बार एसोसिएसनको रोहबरमा उनीहरुलाई एक रात अदालतमै राखेपछि भोलिपल्ट ५ जनालाई पृथ्वीनारायण क्याम्पस लगेर छाडिएको थियो ।
यद्यपी ९ जना मध्ये ४ जनालाई तनहुँ प्रहरीले पुनः राज्य विरुद्धको कसुरमा मुद्धा चलाएको थियो ।
यस्तै, सन् २०१९ को पछिल्लो ६ महिना यता कास्कीमा मानवअधिकारको अवस्था सन्तोषजनक नदेखिएको तथ्यांकले देखाएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समिक्षाका क्रममा कास्कीमा सन् २०१९ जनवरी देखि जुन सम्ममा राज्य पक्षबाट ६१ जना पिडीत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->