पर्वत, १० असार । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न भएको पाँचौ नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।
नगरसभाको पहिलो सत्रमा प्रस्तुत भएको नीति तथा कार्यक्रम दोस्रो सत्रमा बसेको सभा बैठकमा टिप्पणी सहित सर्वसम्मत पारित गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममा ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रमलाई महत्वका साथ समाबेश गरेको छ । कालीगण्डकी जलाशययुक्र आयोजनाको पूर्व संभाव्यता अध्ययन भएकाले आगामी आर्थिक वर्ष उक्त आयोजनाको निर्माण कार्य शुरु गर्ने लक्ष्य राखिएको छ ।
नगरपालिकाले एक वडा एक कृषि फर्म, एक वडा एक पशु फर्म तथा एक बस्ति एक उत्पादन कार्यक्रम लाई निरन्तरता दिएको छ । स्थानीय कुखुरा तथा कृषि उत्पादन मा जोड दिईएको छ भने पशुहरुमा निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने भएको छ । नगरलाई एक वर्ष भित्रमा दुध र मासुमा आत्मनिर्भर गराईने र स्वच्छ मासु बिक्री को लागि व्यवस्थित मासु पसल सञ्चालनमा सहयोग तथा नियमित अनुगमन निरिक्षणमा निरन्तरता दिने भएको छ ।
नगरभित्र ३ स्थान पहिचान गरि ३ वटा नर्सरी स्थापना गरि बिरुवामा आत्मनिर्भर गराईने, सुन्तला, माछा, मौरी, अदुवा कफि पकेट क्षेत्र घोषणा, बिरुवा हाम्रो फल तपाईंको कार्यक्रमको निरन्तरता दिईएको छ । वाहिरी र भित्री सडकको पक्कि र स्तरउन्नती गर्ने, होमस्टे विस्तार, उद्योगको विकास, गरिव संग सहकारी कार्यक्रम सञ्चालन गरिने भएको छ ।
१ वर्षमा दूध र मासुमा आत्मानिर्भर हुने लक्ष्य राखेको नगरपालिकाले पकेटमा आधारित पशुपालनमा जोड दिएको छ । सामूदायिक विद्यालयमा शुरु भएको अंग्रेजी माध्यमको पढाईलाई थप प्रभावकारी बनाउने र शिक्षकहरुलाई तालिम, पुरस्कार र दण्डको नीति लिईएको छ ।
जेष्ठ नागरिकको सीप पुस्तान्तर गर्ने, सबै वडामा खानेपानीको सुविधा प्रर्याप्त मात्रामा पुराउने, ३ वर्षमा पूर्ण सरसफाई युक्त नगर र बालमैत्री फलेवास बनाउने, देविस्थानमा रंगशाला शैलीको खेलमैदान, मेयर संग यूवा कार्यक्रम लगायतका कार्यक्रम पनि नगरको प्राथमिकतामा छन् । नगर प्रहरी राख्ने निती पनि सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रवक्ता टिकाराम गौँडेलले नगरपालिकाको बजेट असार १० गते सार्वजनिक गरिने जानकारी दिए ।
कुस्मा नगरपालिकाको चौंथो नगरसभा सम्पन्न
पर्वतको कुस्मा नगरपालिकाको चौंथो नगरसभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
विशेषगरी पूर्वाधार, कृषि, पर्यटन, र सामाजिक विकासलाई जोड दिँदै नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कुश्मा नगरपालिकाका अधिकांस पूर्वाधार निर्माणमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने उल्लेख गरिएको छ ।
नगर प्रमुख जोशीले प्रस्तुत गरेको कुश्मा शहरलाई स्याटलाईट शहरको रुपमा विकास गरिने भएको छ । संघ र प्रदेशसँगको साझेदारीमा नगरपालिकाको पूर्वाधारहरुको निर्माण गर्नुका साथै व्यवस्थित शहर विकास गर्न एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजना तर्जुमा गरिने भएको छ । कुश्माका सवै वडालाई गुणस्तरिय सडक बनाईने, ग्रामीण कृषि सडक निर्माण तथा स्तरोन्नती, गरिने भएको छ ।
नगरपालिकाको सडक गुरुयोजना बनाएर अघि बढिने भएको छ । त्यसतै भौतीक संरचनाहरुलाई लैङ्गिक, बालबालिका मैत्री हुनेगरी निर्माण गनिरे भएको छ भने विद्युतका पोललाई स्टील पोलले विस्थापित गरिने उल्लेख गरिएको छ । सघन शहरी विकास कार्यक्रम, खुल्ला क्षेत्र विकास तथा पार्क निर्माण, नगरपालिकाको भवन वडा वडा कार्यलयहरुको भवन निर्माणलार्य प्राथमिकता दिईने भएको छ । त्यसैगरी व्यवस्थित वस पार्क, सिटी हल निर्माणका लागी डिपीआर समेत तयार पार्ने भएको तथा रिङ्ग रोड निर्माणलाई जोड दिईने भएको छ ।
विभिन्न खोला तथा नदिमा झोलुङ्गे पुल निर्माण गर्नुका साथै एलपी ग्याँस चुलोलाई विद्युत, वायोग्यास र सौर्य चुलोले विस्थापन गर्दै जाने निति ल्याईने तथा पाङ्गमा क्रिकेट रङ्गशाला बनाईने निति तथा कर्याक्रममा उल्लेख गरिएको छ । त्यस्तै बन तथा वातावरण तथा विपद व्यवस्थापनका लागि विभिन्न रचनात्मक र महत्वकांक्षी कार्यक्रम संचालन गरिएको छ । त्यसैगरी सुशासन र संस्थागत विकासका कार्यक्रम समेत संचालन गरिने नगरप्रमुख जोशीले जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक खर्च प्रकृया व्यवस्थि तगर्त पहिलो चौमासिकमा ३० प्रतिशत, दोस्रोमा ३० र अन्तिम चौमासिकमा ४० प्रतिशत खर्च ष्र्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । यता पर्यटन क्षेत्रतर्फ पर्यटन गुरुयोजना निर्माण गर्ने, कुश्मालाई आकर्षक, सुरक्षित र मनोरम र साहसिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै, होमस्टेको विकास र प्रवद्र्धन गरिने भएको छ ।
त्यस्तै मोदीवेणी, गुप्तेश्वर, अलपेश्वर, दुर्लुङकोट, पार्वती गुफा, ठुलीपोखरी, पञ्चासे लगायतललाई समेटी बृतचित्र बनाईने भएको छ भने कृषि सहकारी र राश्जश्व परिचालनतर्फ पनि प्रत्यक्ष नगरवासीहरुलाई लाभ मिल्ने खालका कार्यक्रमहरु संचालन गरिने भएको छ । आज प्रस्तुत भएको बजेट, निति तथा कार्यक्रममाथि मंगलवारदेखि छलफल गरेर पास गरिने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए ।





