बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एसईई नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै, दिउँसै नतिजा सार्वजनिक गर्ने तयारी

एसईई नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै, दिउँसै नतिजा सार्वजनिक गर्ने तयारी


  • Dhorpatan News
  • असार १२ २०७६, बिहिबार

काठमाडौं, १२ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो सार्वजनिक हुने भएको छ।नतिजा सार्वजनिक गर्न दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक आजका लागि सारिएको अधिकारीले बताए।‘सबै तयारी सकेका छौँ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ अधिकारीले नेपालखबरसँग भने।विगतका जेठ मसान्तदेखि असारको पहिलो हप्ताभित्रै एसर्इईको नतिजा प्रकाशन भइसक्थ्यो। यस वर्ष प्रदेश २ मा पुनः परीक्षा सञ्चालन गर्नु परेकाले नतिजा प्रकाशनमा ढिलाई भएको हो।प्रदेश २ मा प्रश्नपत्र बाहिरिएरपछि पुनः परीक्षा सञ्चालन गरिएको थियो। जनशक्ति अभावले पनि उत्तरपुस्तिका परीक्षणमा ढिला भएको बोर्डले जनाएको छ।प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो। प्रदेश २ मा २२ देखि २९ चैतसम्म पुनः परीक्षा सञ्चालन गरिएको थियो।नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार एसइई परीक्षा सञ्चालन गरिएको हो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->