बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

म्याग्दीका प्रशान्तले ल्याए चार जिपिए

म्याग्दीका प्रशान्तले ल्याए चार जिपिए


  • Dhorpatan News
  • असार १२ २०७६, बिहिबार

म्याग्दी, १२ असार- राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइई)मा म्याग्दीको सदरमुकाम बेनीका प्रशान्त सुवेदीले चार जिपिए ल्याएका छन् । बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौको मनमैजुमा रहेको एञ्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी ०२९६४२२ ख एसईई सिम्वोल नं रहेका सुवेदीले चार जिपिए ल्याएका हुन् । सुवेदीका अभिभावक र विद्यालयले एसईईमा देशभरबाट बढी जिपिए ल्याएको दावी गरेका छन् । १६ वर्षीय सुवेदीले अध्ययनमा आफूले गरेको मेहनतको प्रतिफलबाट उत्साहित भएको प्रतिक्रिया दिदै खुसी व्यक्त गरे । काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा सहभागी भइरहेका प्रशान्तले भविष्यमा डाक्टर बन्ने योजना रहेको बताए । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->