बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आन्तरिक पर्यटन वर्ष सुरु भएको ६ महिनापछि पहिलो बैठक

आन्तरिक पर्यटन वर्ष सुरु भएको ६ महिनापछि पहिलो बैठक


  • Dhorpatan News
  • असार १७ २०७६, मंगलबार

पोखरा, १७ असार – आन्तरिक पर्यटन वर्ष सुरु भईसकेको ६ महिनापछि बल्ल गण्डकी प्रदेश सरकारले पहिलो पटक मूल आयोजक समितिको बैठक बसेको छ । पूर्णता नपाएको समितिलाई साउनभित्रै पूर्णता दिने मन्त्रालयले जनाएको छ ।
सोमबार पोखरामा स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, पर्यटन विज्ञहरु सहित बसेको प्रथम बैठकले विभिन्न सातवटा प्रस्तावहरु पारित गरेको छ ।
बैठकले कार्ययोजनामा संशोधन गर्ने, कार्यविधि तयारी गर्ने, कार्यक्रमको तीव्र तयारी गर्ने, जिल्ला र पालिकास्तरीय समितिलाई पूर्णता दिने, जिल्ला र पालिकास्तरीय समितिको कार्यविधि तथा कार्यक्रम निर्माण गर्ने, कार्यान्वयन तथा मूल आयोजक समितिको पूर्णता दिने र पर्यटन सम्बन्धित गतिविधि तथा समन्वय गर्ने गरि सात प्रस्ताव पारित गरेको हो ।
समितिले यस अघि निर्माण गरिएको कार्ययोजना सन् २०१९ सम्मको लागि मात्र निर्माण भएकोमा अब उक्त कार्ययोजना संशोधन गरी नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेका पर्यटन वर्षहरु (आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० तथा अन्तराष्ट्रिय पर्यटन वर्ष २०२२) समेतलाई आधार मानेर कार्ययोजना संशोधन गर्ने निर्णय गरेको छ ।
साथै, मूल आयोजक समिति, उपसमितिहरु तथा कार्यक्रम कार्यन्वयन उपसमितिहरुको समयावधि समेत २०२२ सम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।
जिल्ला तथा गाउँ र नगरपालिका स्तरीय पर्यटन वर्ष समितिको पूर्णता दिनको लागि सम्बन्धित समन्वय प्रमुख तथा गाउँ र नगरपालिका प्रमुखको अध्यक्षतामा ९ सदस्य समिति निर्माणका लागि सम्बन्धित समितिको छलफलबाट निर्माण गर्ने निर्णय समेत गरेको संयोजक जुद्ध गुरुङले जानकारी दिए । मुल समितिले विभिन्न ९ उपसमितिका संयोजक समेत चयन गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णु बराल, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विष्णु प्रसाद भण्डारीले पर्यटन विकास,सम्भावना र चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->