बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकको बेलीव्रिज भत्कने अवस्थामा

नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकको बेलीव्रिज भत्कने अवस्थामा


  • ध्रुबसागर शर्मा
  • असार २४ २०७६, मंगलबार

म्याग्दी, २४ असार – बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत बेनी नगरपालिका ९ गलेश्वरको राहुघाट नदीमाथी निर्माण गरिएको बेलीव्रिज भत्कने अवस्थामा पुगेको छ ।आइतवार राती रघुगंगा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थाले पछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भाग समेत खतरामा परेको छ । निर्माणाधिन कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुलहरु जोखिमयुक्त रहेका छन् । यो क्षेत्रमा काली गण्डकी करिडोर निर्माणको काम भैरहेको छ । गलेश्वरको बेलीव्रिज खतरामा रहेकोले निर्माणाधिन अर्को बेलीव्रिज छिटो निर्माण गर्न स्थानीयले बारम्वार दवाव दिँदै आएका  तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाईटेड विल्डर्स जेभी काठमाण्डौले सुनेको नसुन्यै गरेको स्थानीयवासिन्दाले बताएका छन् ।म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले गलेश्वरको बेलीव्रिज उच्च जोखिममा रहेकोले कुनै पनि बेला बेनी–जोमसोम सडक खण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए  । उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि बताए  । गलेश्वरको वस्ती र पुल जोगाउनका लागि तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयले माग गरेका छन् । ‘तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्कनेर मुस्ताङ लगाएत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ।’ स्थानीय मोहन केसीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->