मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुम्बा बनाउन अवतारी लामा भुक देउरालीमा

गुम्बा बनाउन अवतारी लामा भुक देउरालीमा


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७६, बिहिबार

पोखरा,२६  असार –  पर्वतको मोदीगाउँपालिका १ भुक देउरालीमा बौद्ध गुम्बानिर्माणकालागि एक बुद्धधर्म गुरुले चासो देखाएका छन् । बौद्ध परम्पराका गुरु पुज्यनीय डिगु छोग्याल रिम्पोछेले गाउँमै पुगेर गुम्बा निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन । स्थानीयले जग्गा ब्यबस्थापन गर्न सकेमा गुम्बा निर्माण गर्ने उनले बताए । ४० रोपनी जग्गा गुम्बा निर्माणको लागि र १० रोपनी जग्गा आफ्नो निजी ध्यानकेन्द्र निर्माणको लागि आवश्यक पर्ने उनले बताएका थिए । आफूलाई गुम्बाको आवश्यकता नभए पनि मर्ने बेलामा कुनै राम्रो बस्तिमा गुम्बा निर्माण गर्ने सोचकासाथ भुक देउरालीलाई रोजेको उनले सुनाए । उनले भने ,‘म ७५ वर्षको भएँ ,तिब्बत र भारतमा गुम्बा छन् तर मलाइ कुनै गुरुङ गाउँमा ध्यान गर्न मन लाग्यो । र यो गाउँ रोजाइमा परेको छ ।’
स्थानीयको सहयोग मिलेमा गुम्बा निर्माण छिट्टै सुरु गर्ने उनले बताए । गुम्बामा २५ फिटको बुद्धको मुर्ति राखिनेछ । गुम्बा बनेपछि त्यसको संरक्षण गर्नु स्थानीयको कर्तव्य हुने उनको भनाई थियो । उनले स्थानीय लामा गुरुको सहयोगमा भुक गाउँमा बौद्ध धर्म अनुसार पूजापाठ समेत गरेको स्थानीय पुर्ण गुरुङले जानकारी दिए । आचार्य लामा कर्मा मोलम सङ्बो दुर्गा गुरुङ ,आचार्य लामा कर्मा हिसे पलबर गुरुङ ,आचार्य लामा कर्मा ल्छुङरिक निरोज गुरुङ ,आचार्य लामा कर्मा प्रेमकाजी गुरुङ लगायतका स्थानीय लामाहरु पूजापाठमा सहभागी भएका थिए । पर्यटकीय नमुना भुक देउरालीमा गुम्बा बनेमा धार्मिक पर्यटकीय गन्तव्य समेत बन्न ेभन्दै स्थानीय हर्षित बनेका छन । बौद्ध धर्मलम्बी र गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ भएकोले गुम्बा निर्माणको लागि सबै एक जुट बनेर सहयोग गर्ने स्थानीय पूर्ण गुरुङले बताए । १० ÷१२ पुस्ता देखि लामाका सन्तान बस्दै आएको गाउँमा गुम्बा निर्माण गर्न औतारी लामा गाउँमै आएपछि खुसी लागेको स्थानीय गुप्तमान गुरुङले बताए । सकेसम्म सार्वजनिक जग्गा ब्यबस्थापन गर्ने , नभएमा स्थानीयहरु मिलेर जग्गा दिने क्याप्टेन रामबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->