बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ढोरपाटनमा जङ्गली च्याउ खाँदा सातजना बेहोस

ढोरपाटनमा जङ्गली च्याउ खाँदा सातजना बेहोस


  • Dhorpatan News
  • असार २९ २०७६, आइतबार

बागलुङ,२९ असार  – बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ मा जङ्गली च्याउ खाँदा सातजना बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीया सुजाता थापा, उनका ५ वर्षीय छोरा आयुष, बडिगाड गाउँपालिका–३ शिसाखानी घर भइ हाल ढोरपाटन–२ सेरामा डेरा गरी बस्दैआएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, ५ वर्षीय छोरा सन्दिप, सँगै बस्दैआएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारिखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् ।

च्याउ खाएपछि बिरामी परेका सातैजना अचेत अवस्थामा रहेको बताइएको छ । उनीहरु बिरामी परेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए । उनीहरु सबैलाई सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको केन्द्रका डाक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->