बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढी र पहिरोबाट ६०को मृत्यु , २६ बेपत्ता (अपडेट)

बाढी र पहिरोबाट ६०को मृत्यु , २६ बेपत्ता (अपडेट)


  • Dhorpatan News
  • असार २९ २०७६, आइतबार
8'jfgdf k/]sfsf] påf/ bfªsf] u8jf ufpFkflnsf –%, af]lwk'/sf %) 3/ kl/jf/ /fKtL gbLsf] 8'jfgdf k/]kl5 :yfgLonfO{ ;'/lIft :yfgtkm{ n}hfFb} ;'/IffsdL{ . tl:a/M /Ltf nfdf

काठमाडौँ २९ असार –  अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो साढे ४ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन् । घाइते १७ महिला र २१ पुरुषाको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यी घटनामा २६ जना अझै बेपत्ता भएका छन्। बेपत्ता रहेका १२ महिला र १४ पुरुषको खोजी जारी रहेको जनाइएको छ ।
अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो।

उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ।

प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ।

बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन्। प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन्। प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन्।

यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना रहेका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ। अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->