बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘हाम्रो लोकतन्त्र पस्चिमाको जस्तो लोकतन्त्र होइन’

‘हाम्रो लोकतन्त्र पस्चिमाको जस्तो लोकतन्त्र होइन’

कर्मा-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारका पत्रकार उदय अमात्यलाई


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७६, सोमबार

पोखरा,३० असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्पिडनमा परेका आदिबासी जनजातिका हक अधिकार संबिधान मार्फत प्राप्त भैसकेको बताए । नस्ल र जातका आधारमा राज्य चलाउने ब्यबस्थाको अन्त्य संगै जनजाति ,मुस्लिम ,दलित मधेसी सबैको हक सुरक्षीत भएको उनले बताए । उनले भने, ‘हाम्रो लोकतन्त्र पस्चिमाको जस्तो लोकतन्त्र होइन ,ब्यक्तिगत स्वतन्त्रता र सामाजिक न्याय सहितको लोकतन्त्र हो । अब कसैले थिचोमिचो सहन पर्दैन ।’ उनी आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जो प्रथम प्रादेशिक महाधिवेशन तथा कर्मा कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा बोल्दै थिए । उत्पीडनमा परेकालाइ राज्यको मुलधारमा ल्याउने काम भएको छ । निश्चित समय अबधिमा आरक्षणको माध्यमबाट समान अबस्थामा ल्याउनको लागि आरक्षण ब्यबस्था गरिएको उनले बताए । संबिधानको लागू र बलियो बनाउन तर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए । भाषा सस्कृती नभए मान्छेको अस्तित्व सकिने भन्दै ऐन कानुनको प्रबन्ध गरेर संरक्षणमा सरकारले पनि जोड दिने उनले बताए । भाषा सस्कृती ,रहनसहन राज्यको सम्पती भएकोले राज्यले महसुस गर्नु जरुरी रहेको उनले बताए । समाबेसी लोकतन्त्र नहुदा विभिन्न मुलुकमा धर्म ,जात ,भाषा ,भूगोल आधिको नाममा आन्तरिक लडाइ र द्वन्दका कारण ती मुलुकहरु पछि परेका भन्दै नेपाल त्यो स्थिति आउन नदिन संविधान त अधिकार सम्पन्न बनाइएको उनले बताए । अधिकारकोलागी आन्दोलन र संघर्स गर्ने समयको अन्त्य भएको भन्दै अव सवै मिलेर विकास निर्माणमा सहभागी भएर समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा साथ दिन मुख्यमंत्री गुरुङले आग्रह गरे ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमंत्री हरिबहादुर चुमानले बिबीधताले भरिपूर्ण मुलुकमा शासकले बिभिधतालाई सम्मान गर्न नसक्दा लामो समय संघर्ष गर्नुपरेको बताए ।एक अर्काको पहिचानलाई स्वीकार गर्न जरुरी रहेको उनले बताए । मन्त्री चुमानले प्रदेशको संचार निति बनेको र कानून बन्दै गरेको जानकारी दिए । आफुहरु मीडिया र पत्रकारप्रति सकारात्मक रहेको भन्दै संघीय कानूनको सीमामा रहर प्रदेशको कानून बन्ने हुदा संघको संचार नितिमा दबाब दिन उनले आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले संचार माध्यमले पनि समाबेसीतालाइ ध्यानदिनुपर्ने बताए ।समाबेसीता अधिकार भएकोले समाजलाई सचेत बनाउने संचार माध्यममा सबैको विचार समाबेस हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्मा कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारका सस्थापक तथा समाजसेवीकर्मा तमु ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ ,प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा लगाएतले बोलेका थिए ।
सो अवसरमा कर्मा-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारकाबाट पत्रकार उदय अमात्यलाई पुरस्कृत गरिएको छ । समाजसेवी कर्मा तमु र कर्ण तमुले आफ्नो विबाह उत्सबको अवसरमा स्थापना गरेको पुरस्कार अमात्यलाई प्रदान गरिएको हो । पुरस्कारको राशि १५ हजार रहेको छ ।२००४ सालमा जन्मेका अमात्यले २०५६ सालदेखि नेपाल भाषामा मासिक पत्रिका प्रकासन र विभिन्न संचार माध्यममा कार्यक्रम संचालन गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले जानकारी दिए ।उक्त पुरस्कारबाट यसअघि ७ जना पुरस्कृत भईसकेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->