मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बर्षाले सडक अवरुद्ध

बर्षाले सडक अवरुद्ध


  • राजन पौडेल
  • असार ३१ २०७६, मंगलबार

पर्वत ,३१ असार – केहि दिन यता लगातार वर्षा भइरहँदा जिल्लाका प्राय ग्रामीण सडक अवरुद्ध बनेका छन् ।लगातारको पानीले केही महिना अगाडी मात्र खोलिएका सडकमा ठूला ठूला खाडल परेपछि ग्रामीण क्षेत्रहरूमा आउजाउ गर्ने सवारीहरू लाई सकस भएको छ ।
जिल्लाको दक्षिण पैयू, विहादी र महाशिला जोड्ने सडकहरूको यात्रा बढी सकसपूर्ण बनेको छ । सदरमुकाम कुस्मा बजारदेखि ती ठाउँमा पुग्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था देखिए पनि कुनै दोस्रो बिकल्प नहुदा यात्रुलाई समेत समस्या भएको छ ।
‘बर्सातका कारण दोविल्ला–फलेवास–लुंखु–हुवास सडक अवरुद्ध बनेको छ । कालिगण्डकी लोकमार्गको फलेवास ढिक–बाच्छा–बर्राचौर सडकको यात्रा समेत कष्टकर बनेको छ । बर्सातका कारण बर्राचौर–रानीपानी–भुसालचोक सडक अवरुद्ध छ । बर्सात सुरु हुनै लाग्दा उक्त सडकको स्तरोन्नति भएको भएपनि निर्माणकै चरणमा रहेको लमाएखोला–लुंख सडक पनि हिलाम्मे बनेको छ । कार्कीनेटादेखि खौला–ठूलीपोखरी–दोविल्ला सडकको कार्कीनेटा–खौला सडक खण्ड पनि अवरुद्ध बनेको छ । मोदी गाउँपालिकामा खोलाहरूमा बहाव बढ्दा तिलाहार, चित्रे र राम्जा पुग्ने सडकमा समेत यात्रा पनि कष्टकर बनेका छन् । चालु वर्षमा अधिकांश सडकहरू कालोपत्रे गर्ने गरी स्तरोन्नति सुरु भएका कारण ग्रामीण क्षेत्रका नागरिकहरूको यात्रा जोखिमपूर्ण पनि बनेको छ । यातायात व्यवसायीहरूका अनुसार घाम लाग्दा सवारी साधन चल्ने गरे पनि वर्षा हुँदासाथ बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->