बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मल्म पाण्डवखानी ढोरपाटन सडकको ८ सय मिटर ग्रावेल

मल्म पाण्डवखानी ढोरपाटन सडकको ८ सय मिटर ग्रावेल


  • थम्मन थापा
  • असार ३१ २०७६, मंगलबार

बागलुङ,३१ असार – गलकोट नगरपालिकाको नगर गौरवको योजना मल्म पाण्डवखानी सडकको ८ सय मिटर सडकको स्तरोन्नति तथा ग्रावेल कार्य सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गको आँगाखेत जिरो किमी देखी ओदाह सम्म उक्त कार्य सम्पन्न गरिएको निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रवन्धक गोरख भण्डारीले जानकारी दिए । ७ मिटर चौडाई सहित पक्की नाली, कटिङ र आवश्यकता अनुसार हिम पाईप, मेसिनरी वाल निर्माण सहित सडकको ग्रावेल गरिएको प्रवन्धक भण्डारीले बताए । आर्थिक वर्ष २०७५र०७६ को गलकोट नगरपालिकाबाट विनियोजित रकम रु ४० लाख र गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित रकम रु २० लाख गरि ६० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । उक्त सडकलाई क्रमश स्तरोन्नति सॅगै कालोपत्रे गर्ने लक्ष्य रहेको वडा अध्यक्ष थापाले बताए । सडकलाई मल्म देखि पाण्डवखानी, रणसिंहकिटेनी, बुर्तिबाङ हुॅदै ढोरपाटन जोडने योजना तय गरिएको छ । सडकको क्रमिक रुपमा स्तरोन्नति र विस्तार संगै कालोपत्रे गर्न गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले गत चैतमा सम्पन्न संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलामा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतलाई आवश्यक बजेट विनियोजन गर्न माग पत्र प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले मल्म पाण्डवखानी ढोरपाटन सडकलाई भौतिक पुर्वाधिर मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६र२०७७ को बजेटमा भनें गलकोट नगरपालिकाले यस सडकको मल्म खण्डलाई नगर गौरवको योजनामा समावेश गरेको छैन । गलकोट नगरपालिकाले भौगोलिक विकटता र टाढाको दुरीमा रहेको भन्दै सडक क्षेत्रमा पाण्डवखानी गैराभाटी देखि रमुवा सॅगको सडक खण्डलाई नगर गौरवको योजनामा समावेश गरि ६० लाख रुपैया बजेट विनियोजन गरेको गलकोट नगरपालिका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->