बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा करेण्ट लागेर ओमप्रकाशको मृत्यु

पर्वतमा करेण्ट लागेर ओमप्रकाशको मृत्यु


  • राजन पौडेल
  • साउन १ २०७६, बुधबार

पर्वत,१ साउन – पर्वतको कुश्माबजारमा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।निर्माणको क्रममा रहेको पर्वत जिल्ला अस्पतालको भवनमा कार्यरत सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ का बर्ष १८ का ओमप्रकाश मण्डलको मंगलवार साँझ साढे ६ बजे मृत्यु भएको हो । अस्पतालको भवन ढलान गर्ने क्रममा एक्कासी विद्युत सर्ट हुदा करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमै राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->