बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

उच्च अदालत पोखरा बागलुङ इजलासमा २ सय ८७ मुद्दा फछ्र्यौट

उच्च अदालत पोखरा बागलुङ इजलासमा २ सय ८७ मुद्दा फछ्र्यौट


  • Dhorpatan News
  • साउन ३ २०७६, शुक्रबार

बागलुङ, ३ साउन – उच्च अदालत पोखराको बागलुङ इजलास र जिल्ला अदालत बागलुङले आर्थिक बर्ष २०७५/०७६ को समिक्षा गरेका छन् । उच्च अदालतमा आयोजित चौथो पञ्चबर्षिय रणनीतिक योजनाको सार्वजनिकीकरण तथा समीक्षामा जिल्ला अदालतको प्रगती विवरण जिल्ला न्यायाधिस प्रकाश प्रसाद सापकोटा र उच्च अदालतको प्रगती विवरण रजिष्ट्रार धु्रबकुमार ढकालले प्रस्तुत गरेका थिए ।
ढकालका अनुसार गत आर्थिक बर्ष २०७५/०७६ मा उच्च अदालत बागलुङ इजलासमा २ सय ८७ मुद्दा फछ्र्यौट भएका छन् । रणनीतिक योजना अनुसार राखिएको कुल लगतको ७० प्रतिशत लक्षमा ७७ दशमलब १५ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताइएको छ । अघिल्लो बर्ष जिम्मेवारी सरेका ४९ र गत बर्ष परेका ३ सय २३ गरी ३ सय ७२ मुद्दामा २ सय ८७ मुद्दा फछ्र्यौट भएको रजिष्ट्रार धु्रबकुमार ढकालले बताए । जिल्ला अदालत बागलुङले पनि लक्ष भन्दा झण्डै १० प्रतिशत बढी मुद्दा फैसला गरेको छ । एक बर्षमा ४ सय २८ मुद्दा पछ्र्यौट गर्नुपर्ने लक्षमा ४ सय ५३ मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले बताए । ‘एक बर्ष काटेका कुनै पनि मुद्दा बाँकी छैनन्’ उनले भने, ‘अघिल्लो बर्षको जिम्मेवारी सरेका मुद्दा कुनै पनि नराखेर फछ्र्यौट भएका छन् ।’
कुल मुद्दाको ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्दा पुग्ने जिल्लाको रुपमा रणनीतिक योजनामा बागलुङ समावेश छ । तर झण्डै ७३ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । अघिल्लो बर्ष जिम्मेवारी सरेर आएका १ सय ४४ र आव २०७५÷०७६ मा दर्ता भएका ४ सय ८४ गरी ६ सय २८ मुद्दा रहेकोमा ४ सय ५३ मुद्दा फछ्र्यौट भएका थिए । गत भदौं १ गते देखि लागू भएको मुलुकी देवानी र फौजदारी संहिताको प्रावधान अनुसार सम्बन्ध बिच्छेदका मुद्दा लाई एक बर्ष अनिवार्य राख्नैपर्ने प्रावधानले कतिपय मुद्दा बाँकी रहेको श्रेस्तेदार भेषराज पौडेलले बताए । कानूनी प्रावधानले रोकिने बाहेक कुनैपनि मुद्दा नरोकिकनै फछ्र्यौट भएको उनको भनाई छ । ती मुद्धा मध्ये सबैभन्दा धेरै व्यक्तिवादी देवानी मुद्दा धेरै छन् । कुल मुद्दाको ५० प्रतिशत मुद्दा व्यक्तिवादी छन् । अघिल्लो बर्ष जिम्मेवारी सरेका ६६ र गत बर्ष परेका ३ सय ३ गरी ३ सय ६९ मुद्दा व्यक्तिवादी थिए । सोही बर्ष व्यक्तिवादी फौदजारी ८८ मुद्दा परेका थिए । अघिल्लो बर्षको जिम्मेवारी सरेका ५५ समेत १ सय ४३ मुद्दाको भार थियो । सरकारबादी फौजदारी तर्फ पनि २१ वटा पुराना र ८९ वटा पछिल्लो गरी १ सय १० मुद्दा परेका थिए । गत बर्ष निषेधाज्ञाको मुद्दा १ वटा, फुटकार निवेदन ९० वटा जिल्ला अदालतमा आएका थिए । उच्च अदालतकी न्यायाधिस शकुन्तला घिमिरेको अध्यक्षता, रजिष्ट्रार धु्रबकुमार ढकालको स्वागत र शाखा अधिकृत गोकर्णराज पन्तको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ इजलासमा मुख्यभई काम गर्ने न्यायाधिस हरिप्रसाद पौडेल, जिल्ला न्यायाधिस प्रकाशप्रसाद पंडित, बागलुङ नगरपालिकाका प्रमुख
जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, उच्च वार एसोसिएसनका अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले रणनीतिक योजनाको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->