मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तल्लो मोदीले उल्लघंन ग¥यो कर्मचारीहरुसंगको सहमति

तल्लो मोदीले उल्लघंन ग¥यो कर्मचारीहरुसंगको सहमति


  • संजय रेग्मी
  • साउन ५ २०७६, आइतबार

पर्वत,५ साउन –  निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले पर्वतमा निर्माण गरिरहेको तल्लो मोदी जलबिद्युत आयोजनाले कर्मचारीहरुसँग गरेको सहमतिको उल्लघंन गरेको छ ।

कर्मचारी विज्ञापनको विषयमा यस अगाडि पनि विवाद भएपछि कर्मचारीहरुले आयोजनामा आन्दोलन गरेर काम ठप्प पारेका थिए । काम सुचारु गराउन जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रतिनिधि सभाका सांसद पद्यम गिरी, प्रमुख जिल्ला अधिकारी कलपना घिमिरे नेपाल, आयोजना पक्ष र आन्दोलनरत कर्मचारीहरुको बीचमा गत असार ९ गते वार्ता भएको थियो । उक्त वार्तामा आन्दोलनरत कर्मचारी र व्यवस्थापनका बिचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्ता देखि रोकिएको निर्माण कार्य सुचारु भएको थियो । तर मोदी इनर्जी प्रालिले गत बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि कर्मचारीहरु फोरि आन्दोलित भएका हुन् ।

आयोजनामा कार्यरत मजदुर तथा कर्मचारीहरू र आयोजना पक्षका बिचमा भएको सहमति लत्याउँदै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीहरूले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् । विज्ञापनको विषयमा आक्रोशित बनेका कर्मचारीहरूले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई सहमति उल्लङ्घन भएको विषयमा जानकारी गराएका छन । उनीहरूले पुनः विज्ञापन आह्वान नगरिए आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन । प्रजिअ नेपालले सहमति विपरीत गरिएको विज्ञापन रद्द गरेर सहमतिलाई कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि पहल गर्ने आश्वासन कर्मचारीलाई दिएकी छन् ।

असार ९ गते जिल्ला प्रशासनमा भएको वार्तामा आयोजनाको सुरुवात देखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको थियो । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आव्हान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई १ लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो । अहिले २३ पदमा विज्ञापन खुलाईएपनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबैजसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लङ्घन भएको कर्मचारीहरूले बताएका छन् । मोदी इनर्जी लिमिटेडका तर्फबाट जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासले एक हप्ताको समय माग गरिएको र कर्मचारी सँगको सहमति कार्यान्वयन गरेर जाने आश्वासन दिएका छन् ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । २०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीय लगायतका कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो । आयोजनाले असोजमा पनि उत्पादन नथाल्ने हो भने पेनाल्टी तिर्नुपर्ने अवस्था आउँदै छ । आयोजनाले पेनाल्टी तिर्नु नपर्ने गरी असोजसम्मा उत्पादन थाल्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->