मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतमा लागूऔषधसहित एकजना पक्राउ

पर्वतमा लागूऔषधसहित एकजना पक्राउ


  • राजन पौडेल
  • साउन १० २०७६, शुक्रबार

पर्वत,१० साउन – जिल्ला प्रहरी कार्यलय पर्वतले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले विश्व गर्वुजा मगरलाई पक्राउ गरेको हो । कुश्मा नगरपालिका वडा नं. ६ स्थित पाङराङ होटलमा कोठा लिएर बसेको अवस्थामा कोठामा खानतलासी गर्दा विभिन्न लागूऔषध फेला परेको प्रहरीले बताएको छ । प्रहरीले गर्वुजा मगरको कोठाबाट नोफिन २६ एम्पुल,डियाजिपम २६ एम्पुल,फेनरगन २६ एम्पुल गरी जम्मा ७८ एम्पुल नगद रू ७ हजार ९ हजार २० रुपैयाँसहित पक्राउ गरेको हो ।पक्राउ परेका गर्वुजा मगरलाई पर्वत जिल्ला अदालतवाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->