मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

काँग्रेस पर्वतका सचिव श्रेष्ठको निधन

काँग्रेस पर्वतका सचिव श्रेष्ठको निधन


  • संजय रेग्मी
  • साउन १२ २०७६, आइतबार

पर्वत,१२ साउन – नेपली काँग्रेस पर्वतका मनोनित सचिव युक्तप्रसाद श्रेष्ठको शंकास्पद मृत्यू भएको छ ।बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा मुछिएका खरिदार श्रेष्ठको काठमाण्डौमा रहेको साततले सपिङ सेन्टर सिटी सेण्टरबाट खसेर मृत्यू भएको हो । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ का पुर्ब गर्भनर समेत रहेका उनको आईतबार दिउसो निधन भएको हो ।

पर्वतको फलेबास नगरपालिका वडा नं ६ देबिस्थान घर भएका श्रेष्ठको उपचारका क्रममा त्रि.वि. शिक्षण अस्पतालमा लैजाँदा मृत्यू भएको हो । बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण उनको मृत्युलाई कतिपयले आत्महत्या हुन सक्ने भन्दै ‘शंकास्पद’ पनि मानेका छन । बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो ।

सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका नेपाली कांग्रेसका सचिब श्रेष्ठ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको छ । तत्कालिन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा कांग्रेस निकट कर्मचारीको नेता भएका कारण श्रेष्ठले खरिदार भएपनि सबै प्रकृया मिलाउन महत्वपुर्ण भूमिका खेलेको भेटिएको अख्तियार स्रोतले जानकारी दिएको थियो । नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा सचिब पदमा मनोनित भएका श्रेष्ठले गत स्थानिय तहको निर्वाचनमा फलेबास नगरपालिकामा मेयरको दाबी समेत गरेका थिए । उनी अख्तियारको बयानमा रहेका कारण कांग्रेस पर्वतले सञ्चालन गरेको जागरण अभियानमा समेत सहभागी भएका थिएनन ।((

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->